रोगी अस्पताल
घरपालुवा कुकुरले टोकेर फुलबारी पोखराकी ९ वषिर्या आकृति गुरुङलाई खुट्टामा सामान्य घाउ बनायो । त्यही घाउ निको पार्न अस्पताल गएकी उनलाई के थाहा मुत्युको मुखमा पुगेको छु भनेर । सायद उनि अस्पताल नगई घरमै उपचार गराएको भए उनले अल्पायु मै ज्यान गुमाउनु पर्ने थिएन । रेविज विरुद्धको सुइ लगाउन आमा संगै अस्पताल पुगेकी आकृतिलाई स्वास्थ्यकर्मिले टिटानस र रेविज त लगाइदिए तर निको हुनुको साटो सुइ लगाएको क्षण भरमै उनको ज्यान गुम्यो । सुन्दर भविष्यको खाका कोरेकी उनले सुइ लगाएपछि मुत्युवरण गर्नु पर्ला भनेर सोचेकी पनि थिइन । तर बास्तविकता त्यस्तै भइदियो । उनको मुत्युपछि अस्पतालको वातावरण अस्तव्यस्त बन्न पुग्यो । मुतकका आफन्तले डाक्टरहरुकै लार्पावाहीले गर्दा ज्यान गएको आरोप लगाउदै अस्पताल घेराउ गरे । अस्पताल घेराउका क्रममा ठुलै हंगामा भयो । अस्पताल तोडफोड भयो । चिकित्सकहरुले पनि काम ठप्प पारे । घटनाले गर्दा उपचारका लागि आएका सयौ बिरामीहरु अलपत्र परे । अस्पाल परिसरमा सुरक्षाकर्मिले लाठीचार्ज र अश्रुग्यास प्रहार गरे । गाउँ गाउँबाट आएका बिरामीहरु उपचार नपाएर छटपटिन पुगे । तीन दिन सम्म अस्पताल बन्द रहयो । मुस्किलले उपचार गराउन आएका आर्थिक स्तर कमजोर भएका विरामीहरु अन्यत्र उपचार गराउन नसकेर घर फर्के । कोही बल्ल तल्ल निजी अस्पतालमा उपचार गराउन बाध्य भए । बास्तवमा अस्पतालनै बन्द गराएर बिरामी माथि ठुलो अन्याय अस्पतालले गर्यो । सरकारी अस्पतालको यो मनोमानीले र्सवसाधरण विरामीले ठुलो हन्डर र सास्ती झेल्नु पर्यो । बालिका को मुत्यु भएकै दिन अस्पतालमा मुतकका परिवार तथा आफन्तले मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बुद्धीबहादुर थापा बिरुद्ध चर्को नाराबाजी गरे । उनको राजीनामा समेत मागे । थापाले राजीनामा दिने घोषणा समेत त्यति बेला गरेका थिए । तर उनी आफनो घोषणा प्रति कत्ति पनि इमान्दार देखिएका छैनन । देखिएको भए त अहिले सम्म राजीनामा दिईसक्थे होला । पत्रकारले जथाभावी लेखेर अस्पताल तोडफोड भयो भन्दै कडकिएका डाक्टर थापाले सुचनाको हक के हो भन्ने कुरालाई अलिकति सम्म हेक्का राखेको पाइएन । के बालिका मुत्यु भएकै दिन अस्पतालमा मुतकका आफन्तले उनि बिरुद्ध नाराबाजी गर्दा पत्रकारले समाचार लेखेका थिए - के त्यो दिन उनि र अस्पताल विरुद्धको नाराबाजी पत्रकारले गर्दा भएको थियो सायद यसको जवाफ छैन होला । पत्रकारले लेखेकै कारण अस्पताल तोडफोड भएको भन्दै अस्पतालका सबै डाक्टरहरु एकोहोरो रुपमा पत्रकार माथि खनिए । यति सम्म पनि पत्रकार मुर्दावाद भनेर नारा लगाउन समेत उनिहरु चुकेनन । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा तोडफोड हुनु हुदैन त्यो कुराको हामी सवैलाई ज्ञान छन् । स्वास्थ्य क्षेत्र सवैका लागि पहिलो प्राथमीकताको क्षेत्र हो । तोडफोडको पक्षमा पत्रकार छैनन । मुतकका आफन्तलाई चिकित्सक तथा अस्पतालले बालिका मुत्युको यथार्थ कारक दिन नसक्दा अस्पताल तोडफोडको घटनाले उग्र रुप लिएको हो । आफन्तले आफनो असन्तुष्टि पोख्न पाउनु पर्छ । असन्तुष्टिले नै हरेकलाई सच्चाउने मौका दिन्छ । तर असन्तुष्टि पोख्ने शैली भने हिंसात्मक हुनु हुदैन । शिष्ट र सभ्य ढंगले आफनो असन्तुष्टि हरेकले पोख्नु पर्छ । सत्यतथ्य घटनाको समाचार संकलन गर्नका लागि त्यहाँ पुगेका पत्रकारलाई अस्पताल छिन नदिन सुरक्षाकर्मिलाई चिकित्सकहरुले आदेश दिए । बलजफत गरे तह लगाउने र नसके हामी आफै तह लगाउछौ भन्ने समेत उनिहरु चुकेनन । ढुङ्गा हान्ने आन्दोलकारीको फोटो खिचेर ले भनेर समेत पत्रकारलाई डाक्टरहरु अर्याउदै थिए । के पत्रकारहरु उनिहरुले मागेको कुरा दिने दास हुन । पत्रकारले कुनै दिन्छ त्यो समाज र जनतालाई दिन्छन् मिडिया मार्फ सवै कुरा दिन्छन् । यसो गर उसो गर भनेर पत्रकारले गदैनन । पत्रकार कसैको कठपुतली हैनन । जे देख्यो त्यही कुरा पत्रकारले मिडिया मार्फ अभिव्यक्त भन्ने कुरा पनि राम्रो संग बुझनु जरुरी छ । डाक्टरहरु पत्रकार प्रति यति आक्रोशित थिए त्यसको कुनै सिमा थिएन । उनिहरु हिंस्रक रुपमा पत्रकारलाई कुटपिट गर्ने अवस्था सम्म पुगे । उनिहरुको असभ्य शैली हेर्दा लाग्थ्यो उनिहरु डान्टर हैनन आन्दोलनकारी हुन । बिरामीको उपचार गर्न छाडेर नारा लगाउनु उनिहरुको अधिकार थियो या के सामान्य बच्चालाई पनि सिकाई रहनु पदैन । बच्चाले देखाउने भन्दा पनि अति नै कमजोर शैली उनिहरु प्रदर्शन गरेका थिए । अरु डाक्टरहरु असभ्य शैलीमा पत्रकार विरुछ खनिएपछि डा. मोहन प्रर्साई ले त्यसलाई सच्चाउन असल पत्रकार जिन्दवाद भन्दै नारा लगाए । तर अर्का डाक्टर माधव बाबु तिवारी ले हैन सवै पत्रकार मुर्दावाद भनेर सवै स्वास्थ्यकर्मिलाई पत्रकार विरुद्ध उचालेका थिए । पत्रकार विरुद्ध हिलो छ्याप्ने कामको सुरुवात डा सुमन श्रेष्ठले गरेका थिए । ठिक छ पत्रकारले गल्ती नै लेखे । गल्ती लेख्ने पत्रकारलाई अस्पतालको कुनै कार्यक्रम र्सार्वजनिक गर्नु पर्यो भने किन खोजीन्छ र पत्रकारलाई डाकीन्छ । फेरी जथाभावी लेख्ने पत्रकारको आवश्यकता नै किन पर्छ अस्पताललाई । हो डान्टरले बिरामीको उपचार गरेर ज्यान बचाउछन् त्यसलाई हामीले कदर गर्नुपर्छ । कतिपय इमान्दार डान्टरहरु बिरामी निको पार्न सरकार अस्पतालमा पनि उतीकै खट्छन् तर केही डाक्टरहरु निजी अस्पताल खोलेर मोटो रकम असुल्छन् । त्यसले गर्दा गरीब विरामीको उपचारको नाममा घर घडेरी बेचेर उठीबास भएको छ । यति सम्मकी आफुलाई भगवानको दोस्रो रुपमा ठान्ने डाक्टरहरु मोटो रकम , किमती सामान र कार उपहार लिएर विभिन्न औषधी कम्पनीका कम्सल औषधी विरामीलाई सिफारिस गर्न सम्म पछि हट्दैन । हैन भने डान्टर बनेको केही वर्षै चिल्ला कारमा गुडने हैसियत कसरी बन्छ -सिनियर डाक्टरहरु क्लिक तर्फबढी धाउछन् अस्पतालमा सिकारु डक्टरले उपचार गराउदा गलत औषधीको प्रयोगले समेत यस्ता घटना दुर्घटनाहरु दोहोरिने गरेका छन् । हुन त क्षेत्रिय अस्पतालमा भएको यो घटना पहिलो हैन । यस अघि कुस्तीका १२ वषिर्या सूर्य विकको एनेसिया केटानी दिदा उनको मुत्यु भएको थियो । जिउँदो बच्चालाई मृत घोषीत गर्ने काम पनि भयो । पटक पटक यस्ता घटनाहरु अस्पतालले दोहोराएको छ । जसको स्पष्ट जवाफ चिकित्सकहरुले मुतकका आफन्तलाई दिन नसक्दा अस्पतालमा तोडफोडका घटना हुने गरेका छन् । यस्ता घटना दोहोराउनेमा यहाँका केही निजी स्तरका अस्पतालहरु पनि अछुत छैनन । यस्ता घटना फेरी पनि दोहोरीदै जाने हो भने अस्पताल एउटा अस्पताल नभएर आन्दोलनको थलो बन्ने छ । यस तर्फअस्पताल बेलैमा सचेत हुनु बाहेक अरु विकल्प छैन । लेखक : शिव शर्मा चञ्चल
|