Loote,
My apology for discomforting salutation. However, I must tell that I keep using it (often forgetting the displeasure already expressed) because I have a mixed experience among Nepalis about it.
I have found both Jyu/Ji and plain salutation striking differently to different folks. That has probably to do with the different individual level of cultural transition. And that’s what always fails me.
So I am also apologizing in advance for any failure in future ;-) re kya.
On love, as I said, I had a devastating confusion/skepticism/atheism about it during my formative years. So I could have been reversely biased to learn and understand things along the way. Je bhayepani, the subject of love has been a strong passion of mine. (My other passions, some known in Sajha, includes 3G. Ganatantra, Ghazal and God. :-) )
On love, I have found that almost everybody (except the scientists) has highly idealized form of love in their perception and most thinking ones find it quite elusive, incomprehensible and even unattainable.
The problem is obviously with the idealized form of love.
I would like to share a conversation from mysansar on this very issue.
Some interesting excerpts from the conversation between Alark Siromani and Premekalavya.
Prem Ke Ho ?
Alark Shiromani
http://www.m y s a n s a r.com/?p=3225
अलर्क शिरोमणी उवाच:
…प्रेमको बारेमा मेरो मनमा उब्जेको जिज्ञासा जस्ताको तस्तै छ। प्रेमको साश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले? प्रेम आदिसत्य हो कि अन्तिम सत्य हो? कि प्रेम, माया जस्ता कुरा प्राणीहरूलाई संसारमा अल्मल्याउने एउटा भ्रम मात्र हो? अद्वैत वेदान्तीहरूलाई सोध्दा ‘हो’ भन्लान्। तर सबै मानिस अद्वैत वेदान्ती हुन पनि सक्दैनन्। सबै वेदान्ती भए यो सृष्टि यहाँसम्म आइपुग्ने पनि थिएन। अनि यो प्रश्न पनि ‘प्रश्न’ हुँदैनथ्यो होला। गन्थन जति गरे पनि म घुम्दै फिर्दै फेरि प्रारम्भमै पुगेको छु। प्रश्नहरूको ‘कुचक्र’ मा घुमिरहेको छु।
आखिर प्रेम के हो?
*** *** *** *** *** *** ***
प्रेमेकालव्य उवाच:
तपाईको अन्तिम टिप्पणी पढेपछि मलाई दुईवटा कुरा लाग्यो । एक, तपाई वास्तविक (real) प्रेम’ लाई होईन कि ‘कल्पित (fictional) प्रेम ‘ लाई बुझ्न खोज्दै हुनुहुँदो रहेछ । दुई, त्यो कल्पित प्रेमको भावनात्मक अस्तित्व तपाईको मनमा गहिरोसंग जरा गाडेर बसेको रहेछ । पूर्वधारणा भनम् न । बौद्धमार्गीहरु त्यसलाई केजाती भन्छन् । खैर, यी दुई कारणले गर्दा नै तपाईको (र यहाँका कैयौं टिप्पणीकारहरुको समेत) लागि यो प्रेम भन्ने
वस्तु elusive/incomprehensible हुन पुगेको हो भन्ने म एक स्वयंप्रशिक्षित प्रेमविदको ठहर छ ।
प्रेम के हो भनेर बुझ्न चाहनु हुन्छ भने दुई काम गर्नुपर्यो । एक, मनबाट प्रेमबारेका पूर्वकल्पनाहरु हटाएर यसलाई पूर्णरिक्त र पूर्ण स्वतन्त्र राख्नुहोस् । त्यसपछि, कल्पित प्रेम (पुराण देखि लिएर आधुनिक गीत सम्ममा वर्णित) लाई विश्वास नगर्नुस् वा थाती राख्नुस् ।त्यसपछि कुनै वास्तविक रुपमै घटित प्रेम (तपाईको आफ्नै वा अरु कसैको) लाई लिनुहोस् र यसको यथासक्य गहिरो शोध गर्नुहोस् ।
म अहिल्यै बाजी थाप्न तयार छु, तपाई छक्क पर्नुहुनेछ । प्रेममा यसका अनेक सामान्य लाग्ने झिनामसिना components, modules, आयामहरु देखेर, यसको नित्यता र अनित्यता निर्धारण गर्ने अनेक हिसाबकिताबका चलायमान समिकरणहरु देखेर, र आखिरमा आफ्नै आँखा अगाडि यो demystify भएकोमा ।
धेत्, पहाड खनें, मुसो निक्ल्यो चाही नभन्नुहोला ।
जे होस्, प्रेम के हो भनेर सोध्नेलाई मेरो पहिलो प्रश्न सधै हुनेछ- fictional प्रेम कि real प्रेम ?
Real प्रेम खासै रहस्यमयी छैन । खासै महान पनि छैन । खासमा त्यही भएर नै हामी
कल्पित प्रेमप्रति जिज्ञासु, आकर्षित र ईच्छुक हुन्छौं । कुरा बुझ्या हो रे क्या ।
*** *** *** *** *** *** ***
मैले प्रेमको जनप्रिय संकथन (narrative) र संभाषण (discourse) मा कल्पित प्रेम (fictional love) को एकलौटी हालीमुहाली रहेको तर्फ जो संकेत गरें, त्यो साच्चै हो के ।
यहाँ चलिरहेको छलफलमै हेरम्, गोर्खेबाबा र एक्का दुक्का टिप्पणीकार बाहेक सप्पैले चिन्तनमनन र व्याख्या गरिरहेको प्रेम कल्पित नै हो । कसैले मलाई यस्तो भा”थ्यो अथवा मैले चिनेको फलानोलाई यस्तो भा’थ्यो भनेर लेखेका छन् ? अहँ छैनन् । सबैले आफुले भोग्दै नभोगेको, आफुलाई केवल सिकाईएको प्रेमको बारेमा घागडान घागडान कुरा गरिरहेका छन्, हो कि होईन ?
मैले भनें नि, प्रेम के हो भनेर जान्न अर्थोक केही गर्न पर्दैन, बस् आफ्नै, आफु परेको वा पर्न पर्न खोजेको, अलिकति परेर मरेको वा मर्यो भनेर सोचेको त फेरि ब्युँतेर तमाश गरेको, खास समयमा ह्वात्त बढेको, फेरि अरु बेला जेनतेन चलेको, एक चरणमा एक र अर्को चरणमा अर्कै रुप र प्रकृतिको भएको यस्तो अनेक रुपको, गतिशिल र वैविध्यपूर्ण पिरेम र पिरेम-यात्रा सो यात्रा सकिएपछि निरपेक्ष भएर (dispassionately) केलाउनुपर्छ, सब बुझिन्छ ।
लु मैले मार्ग बताईदिएँ, अब अन्वेषण गर्ने काम जिज्ञासुजनकै हो ।
*** *** *** *** *** *** *** ***
गोर्खेबाबा उवाच:
म एउटा मस्तिस्क र ब्यवहाँर बिसय् मा अनुसन्धान गर्ने मान्छे को नाता
ले । degree of encephalization अनुसार हामी primates हरु को दिमाग को अगाडि को भाग
ज्यादा बिकसित छ अरु जनवर भन्दा। तेसैले प्रेम, दया, माया, जस्ता कुरा हरु को
सन्तुलित आचरण् ब्यवहाँर मा देखिन्छ । ईतिहास का पात्र हरु जस्ले असन्तुलित रुप मा
ब्यवहाँर देखये तिनिहरु को दिमाग को एउटा भाग जस्लाई limbic cortex भनिन्छ , त्यो
या त ठुलो थियो , या तेस्मा कुनै कारण ले hyperexcitation भयो ( स्नयु बिज्ञान को
आधार मा ) । limbic cortex सामान्यताय प्राय nonhuman primates र मुख्य तया rodents
जस्तै मुशा हरु म हुन्छ। यो दिमाग को भाग को काम sexual behavior मा देखिन्छ ।
माया, प्रेम, पनि sexual behavior को एउटा भाग हो। जनवर हरु ले गर्ने sexual
behavior र mating ,reproduction को लाई मात्रै होइन भन्ने कुरा प्रमाणित भईसकेको
छ। र प्रेम गर्दा, सम्भोग गर्दा, सन्तान लाई माया गर्दा, आदी मा यि दिमाग का
बिभिन्न भाग हरु कृयासिल हुन्छन । कृयासिल हुँदा र कृयासिल भये पछी केही समय सम्म र
अझ पहिले पहिले अनुभव छ् भने लामो समय सम्म इस्नायु बाट chemical हरु जस्तो
dopamine, Oxytocin, vasopressin हरु निस्कन्छन फल्स्वरुप हामीलाई आनन्द आउछ।
विश्वाश, प्रेम, मा मुक्ख्यतया Oxytocin निस्कान्छ, अरु काम जस्तो, धुम्रापन, मादक्
पढार्थ सेवन जस्ता बेला मा dopamine को प्रमुख भूमिका हुन्छ । जहाँ सम्म बुवा अथवा
male ले आफ्नो सन्तान को माया गर्दा vasopressin निस्कन्छ। यो अहिले को बिज्ञान को
उत्तर हो। हुन सक्छ अरु पनि करण ।।।। तेसैले प्रेम भनेको Oxytocin को अशर हो ,
विश्वाश र माया सबै नै तेही हो, mainly female जाती मा र केही हद सम्म male मा
पनि।।।।
*** *** *** *** *** *** *** ***
प्रेमेकालव्य उवाच:
प्रेमको स्नायुशास्त्रिय अध्ययनको एउटा ठूलो सिमितता (limitation), कमसेकम अहिलेसम्म गरिएका अध्ययन र अध्ययनविधीको, के हो भने यसले प्रेमको effect को अध्ययन गर्छ, cause को होईन ।
अलर्कजीको लेख र लगभग सबै टिप्पणीकारको उद्देश्य प्रेमको कारण, यसको मुहान र fuel को खोजी गर्नु देखिन्छ । यस अर्थमा गोर्खेबाबाले प्रस्तुत गर्नु भएको विषय (प्रेम परिसकेपछि हाम्रो मस्तिष्कको कुन कुन एरिया बढी सक्रिय हुन्छन् र कुन कुन रसायनको बढी उत्पादन र प्रवाह हुन्छ) झण्डै अलग विषय भयो, भएन र ?
रागात्मक प्रेम (romantic/passonate love) बारे हाल चलिरहेका वैज्ञानिक अध्ययनका शोधपत्र पढ्न नचाहने तर जिज्ञासु जनहरुका लागि National Geographic को एक अलिक पुरानो लेख सिफारिश गर्न चाहन्छु ।
Love, The Thing Called Love
National Geographic
February 2006
*** *** *** *** *** *** *** *** *** ***
प्रेमबारे मेरो धारणा राख्नुभन्दा पहिले यो स्पष्ट गरिहालम् - हामी स्त्री र पुरुष बिचको (समलिङ्गीका हकमा भने partners बिचको) रागात्मक प्रेम (romantic/passionate love) को कुरा गरिरहेका छौं है । कतिपय बहसमा सबैखाले “प्रेम” लाई एउटै डालोमा हालेर छ्यासमिसे प्रेमको कुरा गरिन्छ र यो झन नबुझिने (confusing) बनाईन्छ । त्यसैले यो distinction गराईहालेको हुँ । जस्तो पारिवारिक वा वंशज प्रेम (bond), वस्तुप्रेम (addiction) र हुँदा हुँदा देशप्रेम (allegiance) सम्म तमाम कुरालाई रागात्मक प्रेमकै डालोमा हालेर प्रेम भन्ने वस्तु कुनै परम (ultimate), सर्वव्यापी, अविभाज्य, सार्वभौम, स्वतन्त्र आधारभूत तत्व होला भनेर कल्पना र illusion उत्पन्न गरिन्छ ।
रागात्मक प्रेममा निश्चय नै bond, addiction, allegiance वा तिनका समकक्षी (equivalent) तत्वहरु र तिनलाई निर्माण गर्ने लगायत/वा अन्य अनेक आधारभूत वा व्युत्पन्न (derived) तत्वहरु छन् नै, किन्तु रागात्मक प्रेम स्वयं नै एकल (single) आधारमूत तत्व होईन ।
अर्थात् यो अनेक तत्वहरु मिलेर बनेको blend, mixture, compound वस्तु हो भन्न खोजेको हुँ ।
Relationship counseling गर्नेहरु एउटा अर्को एकदम उपयोगी distinction पनि गर्ने गर्छन, “प्रेम” र “प्रेम सम्बन्ध” अलग्गै कुरा हो भनेर । किन्तु प्रेम-सम्बन्ध आखिर प्रेम मै आधारित हुने हुनाले (वा हुनै पर्ने हुनाले) ती दुबैलाई एकसाथ हेर्न सकिन्छ
।
यति भनेपछि अब रागात्मक प्रेमको सर्दामहरु (ingredients) को बारेमा कुरा गरम् ।रागात्मक प्रेमको पहिलो सर्दाम हो आकर्षण, आसक्ति, राग वा “passion” ।कतिपय अवस्थामा यस तत्वलाई रागात्मक प्रेमको सर्दाम होईन कि सिङ्गै आफै एक्लै स्वय् रागात्मक प्रेमको रुपमा बुझिन्छ वा त्यस रुपमा रहेको हुन्छ । तर अरु सर्दामका कुरा गरेपछि स्पष्ट होला रागात्मक प्रेमलाई असर गर्ने वा निर्माण गर्ने अन्य तत्वहरु पनि
छन् ।
विभिन्न विशेषज्ञहरुले ती तत्वहरुलाइ विभिन्न तरिकाले वा विभिन्न पोकामा राखेका छन्, तर केही मनोवैज्ञानिकहरुको “रागात्मक प्रेमको त्रिकोणिय सिद्धान्त” (triangular theory of love) भनेर चिनिने एउटा लोकप्रिय मोडेलमा प्रेमका तीन सर्दामको पहिचान गरिएको छ । ति हुन्:
1. Passion (आसक्ति)
2. Intimacy (विश्वास/घनिष्टता)
3. Commitment (प्रतिवद्धता)
म यो मोडेललाई मोटामोटी मोडेलको रुपमा देख्छु/पाउँछु । यसमा केही मोटामोटीपन भए पनि प्रेमलाई विभिन्न तत्वको मिश्रणको रुपमा देख्न, ती तत्वहरुबिचको अन्तर्सम्बन्ध
(closed or open pathway को रुपमा) अनुमान गर्न भने यो बडा सहयोगी छ ।
Triangular theory of love को व्याख्या र चर्चा सामाग्री सार्वजनिक डोमेनमा टन्नै भएकोले त्यसबारे धेरै लेख्न चाहन्न । त्यो सिद्धान्तले छोएका र नछोएका एकदुई प्रश्नहरु राखेर यो खेप यहीं टुङग्याउन चाहन्छु ।
पहिलो, आसक्तिको आधार के हो ? यसमा mating instinct, libido जस्ता सर्वसाझा तत्वहरु �