[VIEWED 10087
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 01-31-17 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
एउटा चिनेको मनिष लुईस्भिल ओहायो स्टेट बस्न पुग्यो | बुढीले भने स्टोरको काम पाएर डेरा भाडा र सामल लाई जेनतेन पुर्याउछन रे ? जागिर खोजेको सात आठ महिना भै सक्यो स्टोर देखी क्रैग्स्लिस्ट , इन्डीड , मन्सटर , स्थानिय रोजगार सहयोग केन्द्र सबै श्रोत र साधन को प्रयोग गरी सक्यो रे ? रेजुमे नछोडेको पसल र कार्यालय बाँकी छैनन अब के गर्ने दाई भनी सोध्छ ? लौ भन्नुस् अश्वासन बाहेक के नै दिन सकिन्छ र आफु भएको स्टेट मा भए बियर र पोलेको कुखुराको साप्रा खान बोलाइन्थ्यो होला ? के सल्लाह दिने ? टेक्स्सास् गएको भए कतै क्सैको ग्यास स्तेसन मा काम पाउथ्यो कि ? यो पनि आफ्नै मन भित्रका कुरा मात्र भए भने यो कुरा सम्झिन पुगे | एउटा को बुढीले नयाँ सारी किनेर ल्याईदे भनी रे ? बुढो भन्छ : त्यो आल्मारिमा न अट्ने सारी छन किन नयाँ चाहियो ? बुढीको जबाफ थियो : गाउले देखी साथी भाई सबैले देखी सके | बुढोले निकालेको उपाय : तेसो भए नयाँ मोहल्लामा सरौ ! यिन्ले पनि रेजुमे पठाउन र काम नखोजेको ठाउँ केही बाँकी रहेनन भने अब अर्को शहर सर्ने हो कि ? बिचराले SubWay मा काम सिक्न पाए पछी आँफै ले खोल्न सकिन्थ्यो कि भन्दा तेस्को पनि आफ्नै कथा रहेछ | धेरै जसो भारतीय हरुले चलाउने हुनाले बहिरको मनिषनै न चाहिने रहेछ | यो छ अमेरिका बसाई को आत्म कथा | नेपालमा बस्ने हरु अमेरिका छिर्न पाए टाटा टिप्थे भनी ४० - ५० लाख तिर्दै दै बोलिभिया को बाटो हुँदै छिर्न खोज्छन | अनी महिला हरु बलाल्त्क्रित भए रे ? दिमाग टाटा मा मात्र राख्यौ महिनौ खरिएका नागा हरु सँग समय बिताउदा तिनिहरुले आफ्यानएे चेली बेटी झै व्यबहार गर्छ भन्ने ठानेर हिड्यौ? कि पैसा तिरे पछी महारानी सरह व्यबहार गर्छन् ? हाजारौ महिला भारतको लालटेन बजार पुर्याउने हाम्रै नेपाली हुन अरु बिदेशी नागाको के कुरा गरौ ?
के सल्लाह दिउ भन्ने सोच मा परे पछी यि गन्थन कोरेको हुँ ! Any advise?
Last edited: 03-Feb-17 04:33 PM
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 02-03-17 11:10
AM [Snapshot: 349]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
दाइ अब त सहर पनि धेरै चाहारियो कुना काप्चा सबै नै पुगियो UBER चलाउनु पर्लाकि भनेर कुनै बेला साईन गरेको गुप्त लिपि बिर्सिए | आज महिनौ दिन भै सक्यो रि-सेट गर्न इमेल हेर भन्छ केहिनै पठाएको होईन | कहिँ कतै फोन नम्बर छ, कति नया इमेल खोलि रहनु सेल मा सेट गरेकै इमेल चलाउ भनरे हो भन्छ | दुख पाउने लाइ परि परि भनेको यही होला ? केहि सहयोग गर्न सकिन्छ यो बबुवालाई ? Got it ; (800) 353-UBER But not Helpful.
Last edited: 21-Feb-17 07:56 AM
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 02-21-17 7:56
AM [Snapshot: 699]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हगि पनि सक्यो बाटो पनि देख्यो : उखान सुन्नुभएको छ ? यो जाठो उट्पट्याङ्ग काम गरि बस्छ | अतिनै भए पछि दिमाग पनि काम गर्न छोड्छ जस्तो छ | जाठोलाइ काम दिने सुरसार नदेखे पछि , नत फोन उठाउछ न त इमेल को response गर्छ मैले पनि रिसको झोकमा २ जनालाई " Staffing Agent लाइ " You are Fired" भनि दिए भन्थ्यो | बेलुकी १० बजे पछि फोन नगर है भाइ भनि सम्झाएको थिए | जाठाले कुबेलामा फोन मार्यो अबचै के गरे भन्ने होला भन्दै हेलो भन्ना साथ् "दाइ म त खतम भै हाले नि" पो भन्छ | "खतम भै यो दाइ" दोहोर्याऊछ | जे जे मन लाग्छ गर्यो अनि भत्किए , बिग्रिए , नासिए पछि मात्र एस्तो भयो के गरौ भनि सल्लाह माग्ने ? सुहागरात्मा ढाल पनि नलगाउने अनि बाउ बन्न मन छैन अब के गरौ भनि सोध्ने पनि भेट्टिञ्छन | यो पनि तेस्मध्दे को एक पर्यो | जाठोलाइ एक ठाममा काम दिन्छु भने पछि तेरो TB टेस्ट गर्नु पछ भनि (Mantoux Test) गर्न लगाएछ | जाठाले पहिलेनै सुनाएको भए BCG लगाएका हरुले टेस्ट गर्नु हुदैन तेस्को इन्फेक्सन देखिन्छ भनिदिन्थे नि ? अब औषधि ख्वाउन बेर लगाउदैन | आज भोलि रगत बाट पनि जाच गर्छन रे Mantoux टेस्टको सट्टा रगत बाट टेस्ट गर्नु पर्थ्यो |
जागिर पाउने चक्कर मा अब TB को चक्कर थपिएछ |
Last edited: 21-Feb-17 02:04 PM
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 03-19-17 2:15
PM [Snapshot: 1044]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
नया जीबन : बल्ल तल्ल उबर चलाउन पाउने भैयो दैनिक १०० कमाइ भए हुन्थ्यो भनेको दाइ यो त मसान घाट कुराई मात्र हुदै छ | ठुला सहरमा बस्ने हरु दैनिक २०० + कमाउछु भन्छन आफ्नो भने ४० कमाउन हम्मे हम्मे हुन्छ रे | भैयाको कुरा सुने पछि मन मनै आफ्नो पुराना कुरा सम्झे हातिको देखाउने दात र खाने दात फरक हुन्छ तेस्तै सपना बोकेर आएको अमेरिका र भोगिने अमेरिका को बास्तबिकता यिनले पनि भोग्दै छन् | यिनको मोहल्ला सर्ने कुरामा झन् झन् बिस्वस्त हुँदै छन् जस्तो छ ! कुन ठाउ जादा ठिक होला भनि सोधे |
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 05-29-17 2:00
PM [Snapshot: 1751]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लुईसभिल मा उबर चलाईको थप गाथा: एक दिन एक वृद्द जोडीलाई पिक अप गर्दा बुढोले खुट्टा भित्र नराखी ढोका बजर्ला र आर्को आपद थपिएला भनि ढोका खोलिदिए अनि भित्र बसे पछि आफैले बन्द गरिदिए | अनि उत्रने बेलामा पनि ढोका खोलिदिएको थिए | कच्याक कुचुक पारेर हातमा नोट थमाई दिएको थियो , सम्झीए बुढा बुढिको पैसा थमाउने तौर तरिका नेपाली जस्तै रहेछ | एक डलर थमायो होला भनेको त २० पो रहेछ | सेलमा उबर देख्ना साथ् ट्याप गरिहाले दश मिनेट कुदाए पछि ग्राहक फेला पारे तेसपछी अर्को पछि आर्को आफै आउछन ३ जना उठाउदा जम्मा १३ डलर कुदाइ भने १५ माइल , अनि घर फर्किन १४ माइल कुदाइयो रे ? |के भयो भनि छक्क परे अनि अर्को साथि संग सोधेको त्यो पुल मा ट्याप गर्यो भने हुन्छ रे | यसलाई भन्छन नखाउ दिन भरिको सिकार खाउ कान्छा बाउको अनुहार, पुल नलिऊ ग्राहक पाइन्नन लिउ ग्यास को मात्र नास | असन्तोषी भइएको होकी सन्तोष लिंत ठाउनै नभएको हो ? Most of may characters are based on sajha. Any guess?
Last edited: 05-Oct-17 01:37 PM
|
|
|