अनिल जी सायद तपाईले युनिकोड प्रयोग नगरी सिधै नेपाली फन्टको लेख राख्नु भय जस्तो छ । आज ठरकी दादालाई अली "डोज" नपुगेकोले निन्द्रा लागेको थीएन । लौ "फ्री" मा तपाईको रचना डिकोड गरि दिए । लेखेको कुरा अरुले पनि पढुन भनेर ।
ठरकी दादा
**************************************
राजा र दलकै बाटोमा माओवादी
-अनिल पाण्डे
anilmelvin@hotmail.com
California,U.S.A
ठूला कुरा गर्ने, मीठा सपना देखाउने र सुन्दर र्स्वर्गमा विचरण गराउने अभ्यासमा कोहीभन्दा कोही पनि पछाडि देखिएनन् । राजा ज्ञानेन्द्रले जुन बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर प्रत्यक्ष शासन चलाएका थिए, त्यसबेला सबैतिरबाट जनताले 'ठग नेतालाई ठीक्क भो,' भनेर काखी बजाए । 'यी राजा दाजुजस्ता होइनन्, यिनले केही गरेरै छोड्छन्, मुलुकको भद्रगोल समाप्त हुन्छ र देशले गति लिन्छ,...' जनतालाई यस्तै आश थियो । तर भएन । राजाले दलका नेतालाई बिर्साउने गरी एकाधिकार कायम गरे । यदि राजाले त्यस मौकाको सदुपयोग गर्नसकेका भए, उनलाई सबैले आँखामा राख्ने थिए । राजा बनेर व्यापार गर्नुपर्ने, ज्योतिषीको सल्लाहमा अफ्रीकातीर लाग्नुपर्ने र संसदीय दललाई हुत्याएर माओवादीनिकट पुर्याउनु पर्ने भएपछि उनको शासन टिक्नसक्ने सम्भाबना नै भएन ।
एकाधिकारवादी राजा हिजो जसरी टिक्न सकेनन्, भोलि माओवादी पनि टिक्न सक्नेछैन । किनभने माओवादीले नेपाली कांग्रेस, एमालेलगायतका दलसँग 'संविधानसभाका लागि हामीलाई ६० सिट छोडिदेओ नत्र...," भनेर अहिले जसरी घुर्की देखाइरहेको छ, त्यसले ऊ कहिल्यै लोकतान्त्रिक बन्न नसक्ने संकेत गरेको छ । उता नेका र एमाले संविधानसभालाई सरकार चलाउने आवधिक निर्वाचनसरह ठानेर मुठी कसेर बसेका छन् । माओवादीलाई सिट छोड्न मानिरहेका छैनन् । उनीहरुको त्यस हठले जनताका सामु उही नै नांगिने छ भन्ने भविष्यलाई पनि देख्न सकेन र माओवादीलाई 'अब म निर्वाचनको आचारसंहिता पनि मान्दिनँ, निर्वाचन नै हुनदिन्न,' भन्न वाध्य बनायो ।
परिणामस्वरुप आगामी मंसिर ६ गते मनाइने भनिएको महान राष्ट्रिय राजनीतिक चाड, संविधानसभाको निर्वाचन माओवादी र दलहरुकै कारण नहुने भएको छ । जनता फेरि अथाह अन्धकार र अनिश्चिततामा डुब्न वाध्य भएका छन् । एउटा राजा फालेपछि त राहतको अनुभव गर्न पाइएला भनेर बसेका जनता एकसाथ आठ राजाको माखेसाङ्लोमा फस्न पुगेका छन् । यस साङ्लोले छोपेपछि दुुइ दुना चार नभएर तीन र पाँच पनि हुन्छ भन्न जनता वाध्य भएका छन् । अन्यथा, काठमाडौंजस्तो राजधानी वर्षा मा समेत 'लोडसेडिङ' मा पिल्सिने थिएन । आज शहरिया नेपालीहरुको आधा दिन पेट्रोलियम पदार्थको लाइनमा बित्ने थिएन ।
संविधानसभाको निर्वाचन आगामी मंसिर ६ गते गर्ने कुरामा केही महिनाअधि मात्र माओवादी नेता प्रचण्डले नै हस्ताक्षर गरेका हुन् । संविधानसभाको पहिलो बैठकको साधारण बहुमतको निर्णयले राजतन्त्र हटाउने र गणतन्त्रको घोषणा गर्ने कुरामा पनि माओवादीको सहमति भएपछि नै अन्तरिम संविधानमा लिपिबद्ध गरिएको हो । संविधानसभाको निर्वाचन प्रक्रिया मिश्रति हुने सहमति पनि उसैले गरेको हो । तर अपर्झट माओवादीले आफ्ना हरेक पुर्बनिर्णयबीरुद्ध टुँडिखेलमा 'हामी चुनाबमा जाँदैनौं,' भनेर घोषणा गर्यो । लोकतन्त्रवादी कसैले पनि उसको यस घोषणालाई स्वागत गर्नसक्ने अबस्था रहेन । केबल प्रतिगमनकारीहरु भने लड्डु किनेर मुख मीठो पार्ने स्थितिमा पुगे ।
अन्ततः राजा ज्ञानेन्द्र करिव दुइ वर्ष शासन गरेपछि पतन भएझैं माओवादी ६ महिनामै समाप्त भएको छ । सात दलको मीठो गफबाट दिक्क बनेका जनताले माओवादीले मुलुकका लागि केही गर्ने हो कि भन्ने जुन आश राखेका थिए, त्यो समाप्त भएको छ । पराजित हुने डरले आफैले सहमति जनाएको सम्झौतापत्रलाई धोती लगाइदिने माओवादीले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्ला भनेर कसले विश्वास गर्ने - तर्राई जलिरहेको र गौतमबुद्धको घरघडेरीमा खरानीको थुप्रो लागिरहेका बेला माओवादी 'यो खरानी हामीलाई नै तर्सउनााका लागि हो,' भनेर विश्लेषण गर्छभने यसलाई जनताले 'गोलमेचमाथि' होइन मुनि राख्नुुपर्छ । यदि माथिकै गोलमेच सम्मेलन गर्ने होभने नेपालका हरेक राजनीतिक शक्तिले स्थान पाउनुपर्छ, त्यसमा राजा पनि पर्छन् र र्सूयबहादुर थापा पनि बोलाइन्छन् । पूर्ण इमान्दारीका साथ यदि मुलुकको भलाइ नै चाहेको होभने राष्ट्रवादलाई बिर्सन सकिन्न । राष्ट्रवाद भनेको मुलुकका तमाम शक्तिलाई उनीहरुको गक्षअनुसारको हैसियत दिनु हो र यही समावेशी लोकतन्त्र पनि हो ।