[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 126423 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-05-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई ठीक छ । अनि तिम्रो के छ नि? मेरो प्यकिङ् अलि सकेको चैन।
मिस् थ्यांकु । अनि नमस्ते मिस्
 
Posted on 12-05-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुलि, घर बाट त हिंडेरै निस्किने होला नि :P
मास्टर्नी दिदी, दर्शन गरें है, अल्ली नचिच्याएको भएर नदेखेको हो कि? :P
चित्रे, मौसम राम्रो भो त?
गालबा, धन्यवाद है त्यो लिङ्कको लागि, सञ्चै?
 
Posted on 12-05-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त पुन्टेदा को चिठि हेरेकै नहेरेकि । अइले हेरेकी तल को दुइटा लाइन चै खुब मन पर्यो ......हिहिहिहि


['हिजो पुगेकी थिएं धेरै बर्ष पछि पशुपति, त्याँ को बाँदरहरु देखदा कस्तो झल झलि तिम्रो याद आयो।'

'ल त, मेरो मुसुको टुक्रा, मेरो ह्रदयको धडकन, मेरो कानको कानेगुजी, मेरो नयनको तारा, मेरो मासुको नङ्ग, मेरो कपालको जुम्रा, आदि ईत्यादि']
 
Posted on 12-05-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मलाई पनि ठीक छ। तिम्रो लागि यो कविता लेखिदिएको मैले। :)

जहाँ गए नि तिम्रा पाईलाहरू
हाँसो र खुशीले पछ्याइरहोस्
तिम्रो सुन्दर अनुहारलाई
अधरको मुस्कानले सजाइरहोस्


मातृभूमिको मीठो संझनामा
स्मृतिका अनगिन्ति दीप जलाई
तिम्रो यात्रा सुखमय होस्
यही शुभकामना छ तिमीलाई

शुभयात्रा ठूली!!!

हरी, अघि बिहान मौसम राम्रो भा'थ्यो, अहिले फेरी बादल आउन थाल्यो। यो ठाउँको तीनवटा 'W', wine, weather र woman को विश्वास नगर्नु भन्थे, सही रैछ। :P र मैले अहिलेसम्म विश्वास गरेको पनि छैन यहाँ।;)

मास्टर्नी दिदीले पनि रमाईला पंक्तिहरू राख्नुभो :D ठूलीले बाँदरलाई देखेर मलाई सम्झे पनि, मलाई देखेर बाँदरलाई सम्झेपनि केही छैन, राम्रो कुरा त यो हो कि ठूलीले मलाई त सम्झेकी छे नि, कसो ठूली? :P
 
Posted on 12-05-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदाउँदो सूर्य देखिएला भन्ने डरका बन्दी छन कोइ
साँझ पख उठेर कुर्लिन्छन् तिनै
यस्तो जैलेइ घाम् अस्ताउनी ठाममा नी बस्छन कोइ?
ब्यान बिनाको साँझ् बधाइ छ उन्लाइ ---

अभिबादन्।

प्रदीप सरको कुरो मलाइ एक पाटे लाग्यो। उहाँले के लेख्ने के नलेख्ने त्यो मैले तोक्ने काम् हैन तर लेख सन्तुलीत् नभएको मैले पाएँ। हो, उहाँ का कत्ति कुराहरु सही छन् तर त्यो बास्तबिकताको एक पाटो मात्रै भो --- अर्को पाटो लाइ उहाँले ठ्याम्मै उपेक्ष्या गर्नु भएछ। उहाँ जस्तो अफुलाइ लेखन र राजनीतिको उपासक मान्ने ब्यक्तिले आफ्नै उपासना लाइ ङ्याकेको देख्दा म स्तम्भित् भएँ।
 
Posted on 12-05-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, मास्टर्नी दिदी, चित्रे ब्रो, गालव्, हरि, दीप ज्यो, सबैलाइ अभिबादन !!

ठुलि, यु आर राइट्, मैले राजिबको बारेमा सुनेको छु, मेरो पनि धेरै साथीहरु छन त्यहाँ, राजिबलाइ चिन्ने पनि, तेइ भएर तिमी पनि मैले चिनेको मान्छे त परेन भनेर सोधेको, हुन त चौतारीमा त तिमीलाइ चिनिहालिन्छ तै पनि सोध्देको!

अँ साँच्ची, पुन्टे दाइको चिट्ठीको बारेमा त लेख्नै बिर्सेंछु, गजब छ, खाली नामहरु मात्रै चेन्ज गरेर १६ बर्ष पैलाको चिट्ठी पो टाँस्देका हुन कि । त्यो टेलरको पसलको कुराले पुरानो कुरा सम्झना आयो, न तेइ हो कि अर्को हो कृष्ण मन्दिर सँगैको एउटा पसल्मा सानो छँदा स्कुलको प्यान्ट सिलाएको, यस्तो झूर बनाइद्यो, दुई तीन दिन बाहेक मैले लाउदै लायिन त्यो प्यान्ट्, पसल्मा चाँही सुट स्पेस लिस्ट भनेर लेखेको थ्यो बज्याले, प्यान्ट नि सिलाउन नआउने!

उता ब्लगमा गएर मैले लेखेको जे पि टि हेरेर हौसला बडाइ दिनु हुने आदरणिय, मास्टर्नी दिदी, चित्रे ब्रो, गोताएँ सर्, गालब, सान्नानीहरु प्रती सादर आभार्!!
 
Posted on 12-05-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिनै गालवले एउटा गाउँको बिहेमा गएको सम्श्मरण लेखेका थिए, त्यतिबेला मैले नि लेखौला भन्दा सबैले प्रोत्साहन् दिनु भएको थियो लेख्नको लागी। हुनत मेरो लेखाई अलि रद्दिज् छ निसको भाषामा भन्नुपर्दा, तर एउटा नौलो अनुभव थियो मेरो लागी त्यो कुरा, त्यसैले यहा पनि पस्किदै छु मेरो सम्श्मरण। :)
----------------------------------------------------------------------------------------------------
अब कता कता त्यत्रो टाढा कसरी जाने बिहेमा एक्लै? पर्दैन अहिले बाबा पनि घरमा हुनुहुन्न हुँदैन, के नचाहिने कुरा गर्या होला नानुले, ल चुप लागेर बस।

मेरो japanese language को साथी मुकुन्दको बिहे थियो। बाबा घरमा हुनुभएको भए त त्यो दिन मलाई जाउँ भनेर सोध्ने पनि आँट आउने थिएन, तर वहा कामले २ हफ्ताको लागि बाहिर जानुभएकोले मात्रै ममिलाई त फकाई फुलाई कुरा मिलाउछु जस्तो लाग्यो.. कस्तो सबै साथीहरु जाने भाका छन् मलाई मात्र कहीँ जाने भन्यो कि यस्तै किच् किच् किच् किच् के घरमा, अस्तिन पिक्निक् पनि जान नद्या हैन मलाई? भन्दै घुर्कि लगाएँ.. रश्मी पनि त जाँदैछे नि, (मेरो मिल्ने साथी हो रश्मी) अनि अरु सबै मेरो language का साथीहरु बिध्या, निता (केटीहरुको नाम मात्र भने के ममिलाई) गरेर जम्मा ६-७ जना जाने भाछन्, सबै जना सङ्गै जाने त हो नि, please mummy गाउँको बिहे हेर्न एकदम् रहर् लागेको छ के मलाई ....
अनि कसरी जाने नि धुलिखेलसम्म एक्लै? म गै हाल्छु नि जसरी भएनि त्यस्मा हजुरलाई के को चिन्ता? लौ हेर यस्को कुरो तिँ राजदरबारसम्म त जान नसक्ने मान्छे, धुलिखेल जान्छु रे एक्लै।
ल पख त भरे दाइ आएपछि उ सङ्ग कुरा गर्छु अनि तिमीलाई भोली धुलिखेलसम्म छोड्दे भनौला मान्यो भने जानु।

अलिकति भे नि आशा त पलायो, तर दाइ नि त्यस्तै त हो नि, आफु चाहि कहा कहा जान्छ खै मलाई पुराउन मान्छ कि मान्दैन अब अर्कै काम छ भन्ने हो कि?

दाइ मानेपछि रश्मीलाई छिटो छिटो फोन गरेर भने: रश्मी हामी दुइजनालाई भोली दाईले धुलिखेलसम्म छोड्दीने रे अनि अरु साथीहरुलाई त्यहीँ भेट्ने कुरा मिलाएर त्यँहाबाट जाने है बिहे घरसम्म।
हेरन म त जान नपाउने भए, हाम्रो अर्को बिहेमा जानु पर्ने रहेछ मलाई याद नै थिएन नरिसाउ ल पो रे रश्मीले त।
रिस त उठ्न सम्म उठ्यो अनि आफु नि जाउँ कि नजाउँ दुई मन भयो तर बल्ल बल्ल कुरा मिलाछ घरमा, जान्छु होस् जस्तो लाग्यो।

नयाँ राम्रो लुगा अनि pencil high heel लगाएर गएँ बिहे खान। धुलिखेलमा अरु साथीहरु साधारन पहिरन् र दौडिन हुने खाल्का जुत्ता लगाएर पो आका देख्दा म मनमनै हाँसे लौन बिहेमा नि त्यस्तो जुत्ता भन्ठान्दै।

सबै जना आइसकेपछि लागेउँ बिहे घरतिर पैदल। ठाउँको नाम पनि यादै छैन मलाई, उबेला त्यत्ति ध्यान नै नजाने देशका बिभिन्न क्षेत्रहरुका बारेमा के गर्ने? मेरि बास्सै एक घन्टा हिड्नु पर्ने रहेछ मुकुन्दको घर आउन त pencil heel त्यो पनि नयाँ अब के भो होला मेरो हाल त्यतिबेला? कसैलाई केहि भन्न नि लाज लाग्यो अनि सहेरै हिडिरहेँ।

मुकुन्दको घर आएपछि यस्तो थाकिसकेकी थिएँ र पनि आफुलाई सम्हालेर अब पुगि हालियो त भनेर ढुक्क लाग्या मात्र के थियो, कुरा सुन्छु त त्यँहाबाट जन्ति जान भनेर सबै ठिक्क परेर हामीलाई कुरिराका रे, अब जन्ति जाने रे अर्को गाउँमा। लौन नि अब मेरो होसै उड्यो, फर्किन्छु म त भने जस्तो लाग्यो तर एक्लै फर्किन सक्ने होइन, अरुहरु त sports shoes लगाएर आका छन् सबै excited देखिन्छन् जन्ति जानलाई। पानी सुद्द नि खान दिएनन् दुलाको घरमा बाहिरै बाट जन्ति हिड्नु पर्यो।

झल्झलि ममिले नजाउ भनेको कुरो याद आयो, बेक्कारै आएछु धत् जस्तो लाग्यो। सबैको अगाडि हाँसेर नि देखाउनु पर्नि फेरि भित्र भित्र चाहि मन् रोइराथ्यो। ठुलाले भनेको कुरो मान्नु पर्ने रैछ जस्तो लाग्यो त्यतिबेला। के था त हिँडेर जन्ति जान्छन् भनेर मलाई फेरि? सोच्दै आफै चित्त बुझाएँ। आखिरमा एक घन्टा जति हिँडेर पुगियो बेहुलीको घर। आफ्नो त कुन बेला घर फर्किन पाए हुन्थ्यो भन्या जस्तो भैराथ्यो, केहि कुरामा नि मनै लागेन। खाने कुरो नि कस्तो फोहोर फोहोर जस्तो मुखमा हाल्नै सकिन। भोक मीठो कि भोजन् मीठो भन्दा नि आफुलाइ त भोजन नै मीठो हुने रैछ भनेर त्यहि दिन थाहा भयो, घाँटिबाट छिर्या भे त के ल, एक त श्रद्धै लागेन, खालि कुनबेला घर फर्किउँ जस्तो मात्र भयो।
अनि साथीहरुले नि बुझ्दै आए यस्लाई यहा रमाइलो भाछैन भनेर ल त एकछिन मा फर्किने भनेर कुरो मिल्यो। अनि त्यसैगरी दुई घन्टाको बाटो फर्केर धुलिखेलमा taxi लिएर फर्केँ घर। ओहो कस्तो सास् मा सास् आयो त्यस्पछि त भने।

घर पुगेर के भन्ने अब पिरलो? भोक् पनि लाग्याछ, खुट्टामा नि घाउ नै घाउ, थकै ले नि चुर् tension भो मलाई। केहि नि भन्दिन चुप लागेर भान्छामा केहि होला लुकेर खाउँला सोच्दै पुगे घर।
घरमा छिर्ने बित्तिकै ममिले लौन कस्तो निलो कालो अनुहार पारेर आ, के भयो? रे ल भयो अब। अनि के लुकाउन सक्नु? सबै बेलिबिस्तार लाउँदै यता खाजा खादै उता ममिले खुट्टामा औशधि लगाउँदै त्यस्तो पो भो त कुरो त।
 
Posted on 12-05-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले हरु लाइ मेरो नमस्ते है। ल रमाइलो अर्दै अरुम।
 
Posted on 12-05-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! सान्नानीको कथा दामी लाग्यो! pencil heel ले दिनु दु:ख दिएछ त। तपाईले जापानी भाषा नि सिक्नुभा'थ्यो? मैले आफैं हिरागाना, काताकाना मात्र पढ्न सिकेको, स्कूलमा गएर भने कहिल्यै पढिनँ।
अरू पनि लेख्दे गरम्। :)
 
Posted on 12-05-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झक्क्कासको अनुभव रैचन्त!!!

पेन्सिल हिलको कुरा आउने बित्तिकै मलाई लागिसक्या' थ्यो कि सान्नानी यसचोटि फेला परिन् भनेर! बिचSSSSSSSरा! च्वु! च्वु!! च्वु !!!

हुन त उही बेलाँ नराम्रो अनुभव भनेर भन्या जस्तो लाग्या थ्यो। "लड्की! शहरकी लड्की" गाउँको बिहेमा हिंडिछन् अनि के सजिलो होस्? हामी झैं दिनभरि हिंडेर पुग्ने ठाउँमा गा' भए हेलिकोप्टर बोला'र बोकाउन पर्नी र'च क्यारे!!! :) फर्किंदा दुलहीलाई हिंडा'र आफू ताम्दानीमा चढेर आ'भएन्त हुन्थ्यो नि! :D:D

खाना पनि नखाई आ'? हाम्रै जस्तो अनुभव रैछ। ल, त्यस्तै भयो र त जिन्दगीभर अविश्मरणीय रहेर बस्छ नि त। सजिलो यात्रा भएको भए भुलिसकेको हुन्थ्यो, हैन?

अरु तिता-मिठा अनुभव, नियात्रा अँझै जाओस्!!!
 
Posted on 12-05-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्चSSSSSSSSS.. बिहामा त खुप रमाइलो भएछ नि सान्नानीलाइ त। रमाइलो लाग्यो सान्नानीको यात्रा सन्ष्मरण। अरु पनि लेख्दै गरुम। :-)
 
Posted on 12-05-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु कथा दामी लाग्यो
 
Posted on 12-05-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache I know Rajiv and his ex gf. she caught him doing that thats why she dump him. i know his ex gf very well. anyway i dont wannt say anything if he will find out u know what he will or can do. :(

chitre muaaaaaaaaahhhhhhhhhhhh thanks u :P
 
Posted on 12-05-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु कथा दामी लाग्यो
 
Posted on 12-05-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ちとれ、 け ちゃ? さんちゃい?:D
 
Posted on 12-05-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, कथा दामी छ, कस्तो मायाँ लागेर आउने बिचsssssssरा! च्वु! च्वु!! च्वु !!!
 
Posted on 12-05-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी ल गालब ले तिम्रो जाच लिदै छ । ल त्यो उस्ले जापानिज मा लेखेको को अर्थ भन त । :P
 
Posted on 12-05-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे, ठुलीले क्या मिलाइदिइन्!
त्यो टेस्ट खास भनेर चित्रेलाई थियो। सान्नानीलाई पनि भयो ल!!
 
Posted on 12-05-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले ले मलाई अप्ठ्यारोमा पार्न लागेछ। :P अहिले त धेरै भुलिसकें, तैपनि टराइ मार्छु।

ちとれ、 け ちゃ? さんちゃい?:D

चितोरे, ना चिया? सान्चियाई? :D

चित्रे, नाच्या? सन्चै? भन्न खोजेको हो कि, खै बुझिनँ अर्थ चैं। फेरी हिरागानामा विदेशी भाषा लेख्न मिल्दैन हैन र? काताकानामा पो लेख्नु पर्ने नि।
 
Posted on 12-05-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ चित्रे मैले सिख्या थिएँ जापानी भाषा, गर्न त Advanced Level सम्मै गर्या हो तर अहिले सबै पोलेर खाइसकेँ।

गालवको comment पढेर हाँस्दै छु म। फर्किंदा दुलहीलाई हिंडा'र आफू ताम्दानीमा चढेर आ'भएन्त हुन्थ्यो नि! रे? हाहा, त्यसै गर्नु पर्नि रेछ।

चित्रे, गालव, नेप्चे, नमे, ठुलीलाई सन्स्मरण पढिदिएकोमा धन्यबाद।

लौन टेस्ट, ल म चित्रेलाई नै चान्स् दिन्छु ल पहिले। (ssssssss मलाई त घर् गएर बुक् हेर्नु पर्छ के एकचोटि)। :D:D:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters