[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 201584 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-02-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुसि


लोल खुसी


के पोस्ट गरेको ठुल्दाई


जाबो यति छुसि


तारेमाम ठुल्दाई


लोल खुसी


प्याज खाएर


खेलौँ चि मुसी


अहो चिप्ले


स्वास्थ्य कस्तो छ?


टेके दुक्लै थ्यो


हाल यस्तो छ।


जदौ रिट्ठे


के चल्दै छ


बात मारम न


दिन ढल्दै छ


तारेमाम खुसि


लोल खुसि


के पोस्ट गरेको ठुल्दाई


जाबो यति छुसि


 
Posted on 02-02-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खे बा अचेल लुगा नि छोटो चलेको, कुरा नि छोटो मिलेको , मखुला ??


सप्पै साउट बक्सा मा छन। रिट्ठे बैरे , बल्छी हाल्दै छन ।


 


 
Posted on 02-02-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो चाइँ काम गर्दै छु है, यत्ती भन्न आको

रामे खै रामे, ब्यानै ४ घण्टा पछी आउम्छु भनेर गा थ्यो, ऐले सम्म आएन त

 
Posted on 02-02-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कसैलाई मद्घत गर्नी भे मात्र लेख भन्छ त बै! अबु याँ कल्लाई मद्घत गर्नु लौ न जिम्मालबा भन्दिम त भन्दिम, यस्सो बात मारम भनेर आ त, यस्तो भन्छ बै, चौतारीमा त त्यस्तो भन्न नपर्नी केरे, के भन्छन त्यो कुन जाती category हेरेर मेसेज निकाले नि हुन्थ्यो केरे, हैन र?

 
Posted on 02-02-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह आइ अग्री नगरि पोस्ट गरे नि हुनी रेछ 

 
Posted on 02-02-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो चेक गरेको।


लेख्या केइ देखिन्न तै पनि....


त्यो एग्रि नगरी मजाले लेखेर हेर न टाइप हुन्छ, पछि अर्को लाइनमा देखिन थाल्छ। हेहेहे


 
Posted on 02-02-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: जदौ सबैलाई।
ठुल्दाइ, त्यसो भए नेपाली नयाँ बर्षको पूर्वसन्ध्याको इस्न्याक्स चाँही महेन्द्र बाउचाको अनि मीठाइ चाँही बागचाको पसलको खाइने भएछ त, मखुला? बसाइ कतिको होला जस्तो छ?
रिट्ठे सर, नयाँ काम अरु त के भन्नु, चोर्न चाँही हत्पत्ती नपाईने खालको छ। यस्तै हो अस्थायी पाएको जागीर। राखुन्जेल पेल्नु पेल्छन् अनि एक दिन ढोका बाहिर ठेल्छन्।  
जिम्मालबा, कस्तो ठुटे ठुटे लाइनको लेखाइ हो, अन्तिम सर्को तानेर मिल्काएको चुरोट जस्तो। स्वास्थ्य के भन्नु, हिंजो डाउँडरले प्रतिकृयाबादी तत्वहरुलाई नाश गर्न भनेर एन्टिबायोटिकको पुर्जी थमाइदियो अहिले त्यसैले ज्यान थामेको छ।   
 
Posted on 02-02-10 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसाइ धेरै छैन २१ दिने पुर्जी छ । २१ दिनमा १२ दिन बत्ती जान्छ होला, बाच्ने पो कसरी ??

 
Posted on 02-02-10 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह ठुल्दाइ मोज भोज रोज हुनी भय्यो तेसो भे, लौ लौ, हाउँरा नि दिन आउला भनेर कुर्दै बस्या छम केरे, छुट्टी नै दिन्नन, क्यार्नु
 
Posted on 02-02-10 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, २१ दिनमा बत्ती त २१ दिनै जान्छ, त्यतिबेलासम्म दिनको २१ घन्टै पनि पुग्न सक्छ। कुलेखानीमा कति पानी जम्मा हुन्छ, कालीगन्डकीको कतिवटा टर्बाइन चल्छ, राज(अ)नैतीक दलको संरक्षणमा कति हुकिङ हुन्छ, भोटेकोशीका कर्मचारीले हड्ताल गर्छन् गर्दैनन् आदि आदि कुराले केही थपघट् पनि हुन सक्छ। यो कुरो चाँही पक्कै छ कि २१ पत्ती समात्न कि इन्भर्टर कि लालटीनको उज्यालो चाहिन्छ।   


पूरे छिमेकी, खोइ के हतार गर्छौ जान पनि। सुन्तलीलाई फिलिम देखाउन लाने बिचार भए त्यो हल बन्द भएको बर्षौं भैसक्यो। सुन्तली र फिलिम दुइटैको मोह छैन, बरु पानी भर्न र अझ पाए नुहाउन आएका तरुनी हेर्छु भन्छौ भने ढुङेधारा सुकिसक्यो। मेरै थुतुने किताबाँ देखिहाल्यौ होला फोटाहरु। बरु हस्तिनापुरतिर झर्ने गर बरोबर। ३ डलर तिरेर भए पनि पानी त पाईन्छ।       


 
Posted on 02-02-10 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म येतै छु पुरे ।
येती भन्न मात्र आएको ।
आज काम ले खुब पेल्यो ।
खान पनि पायेको छैन ।
एउटा छुसी पिज्जा खुवायो ।
सबैलाई मेरो तारेमाम है ।
अरु कुरा पछी गरम्ला ।

बिर्खे, तिमीले पठाएँको पत्र हेर्न नै भ्यायेको छैन भन्या ... म हेरेर फुन गर्छु है त ।




 
Posted on 02-02-10 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई क्या मारा, वाह वाह, कुरो त सत्रै आना ठीक गर्यौ केरे, तर क्यार्नु अरु केइ नभे पनि बा-मा भेट्न मन भो क्या, त्यो क्रीकेट खेल्या चौरमा नि ३ता घर बनी सकेछ, त्याँ नजिकै भा रुख नि ढालीसकेछन, घरको छतबाट स्वम्भु अझै देखिन्छ कि देखिन्न हेर्न जान मन भो। अस्ती भान्जो त्यो चोकको कफी शपमा फ्री वाइरलेस नेट छ, याइँबाट अन्मार किताब चलाइराको भन्थ्यो, हाउँरा गाम नि प्रगती गर्दै रेछ भन्ने लागेर हेर्न जान मन भो क्या

 
Posted on 02-02-10 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-10 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु छ्वेला कचिला हुनी गीत, वाह



 
Posted on 02-02-10 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो गीत नि सुन्दिम केरे! कस्तो रमाइलो गीत, वाह



 
Posted on 02-02-10 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ फिलिमको आर्को गीत



 
Posted on 02-02-10 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-10 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100 samma puraayera bidaa maagchu.. dhanyabaad..


 
Posted on 02-02-10 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-10 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड नाइट


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters