हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
भर्खर गणेशस्थान जान लाग्या, बिस्टे, पहिला तारेमाम त लिएर जानुस् ।
गणेश स्थान गाको, गन्नु भाय त पसिना पसिना। अनी मैले सोधें- पर्भू, यो चैतमा पनि यस्तो पसिना ? पसिना हो कि असिना ? के पर्यो पर्भू? छाती दुखेको छ भने हार्ट एटाक हुन सक्छ है। बेला मै चिउरी घ्यू मा बनेको लड्डु न खानु भनेको मान्नु भएन। त्यसैले त कोइ कोइ ले गोबर गणेश भन्ने गरेको ।
गणेश जी बडा नै भावुक हुनु भयो र भन्नु भयो-
"हैन राहुल भाई, हार्ट एटाक हुन लाउ हार्ट पनि त हुनु पर्यो। मेरो भाको एउटा मुटु पनि एउटी नक्कली ले लागी, फिर्ता ल्याइ दिएको छैन।"
"यो पसिना आउनु को कारण चाँही अर्कै छ। हिजो बगलामुखी माइ को मन्दिर जल्यो, धन्न मातालाई सामान्य जलन मात्र भयो। मेरो मन्दिरमा आगो लागी भयो भने, म त तारेमाम नै हुन्छु। एक त ढोकामा फलामे ग्रिल हुन्छ, बडेमान को चाइनिज ताला सहित् ।
अर्को कुनै भक्त ले खोली हाले मेरो गती यही हो, अझ बाहन मुसो । प्रधान मन्त्रिले १ करोड जाने कार चढ्ने हामी चाँही मुसो? गुनासो सुनाउ भनें, ड्याडलाई बाल मतलब । क्या बोर छ, जिन्दगी। त्राहिमाम त्राहिमाम छ तारेमाम जी । "
आज सब्बै कता लाएछन भन्या त ब्यान ब्यान देखी साहिली को पसला हरियो पिउन पुग्या जस्तो छन। ल ह्यापी सेन्ट प्याट्रिक्स डे। हरियो पिउ एक्छिन जिउ। तारेमाम। हरियो चिया ल्याउ है केली आज।
सोध्न लाग्या थिएं। बिचरा गणेश को हाल बेहाल देखेर सोध्न मन लागेन। फेरी यस्तो बेलाँ न भाको हार्ट पनि फेल भयो भने ............................................................।
रिटिङ रिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो सान्नानी ऐयाया आक्काक्का सान्नानी मंगलबारे जदौ सबैलाई। ठुल्दाइ, गज्जब गयो गन्नु पुराण। चेलीले लड्डु ल्याउन खोजेको रहेछ तर बाटैमा फुटेर धूलो भएको जस्तो छ। माईक्रोबसमा अलि होश गर्नुपर्छ नि। खोइ त हरियो चिया?
तारेमाम चिप्ले। ओहो गज्जप को गाना गायो बा चिप्ले ले,बिनायो भन्ने शब्द नसुनेको त २ दसकै भो होला। यो गीत त सुनेको छैन तर बिनायो को याद आयो। अहिले का लाई त बिनायो भनेको नि के था होला र। अनी सान्नानी को पनि याद आयो। सानी त जता भए नि हउर बा सम्जिरन्छु। रिट्ठे गुरु समाचार भन त खुरु खुरु। केली धन्यवाद हरियो चिया को लाई। तिम्रो दिन हरियो होस्। जता ततै हरियो देख्नु। हरियो नोट ले भरिपूर्ण हुनु। लौ म गये सोच पढ्न।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.