नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
कविता/सविताको चुल्ठो देखि सुरु गरेर पाउ सम्म पुग्छु है त!
१) रातो चुरा पछि रातो सारि भन्न खोज्नु भएको होला साडि भएछ त्यसलाई सारि बनाउँदा कस्तो होला? २)"कस्ले भन्छे ...४० बर्षे थोते?" मा कसले 'भन्छ' भन्नखोज्नुभएको कि 'भन्छे' नै हो?? शायद स्त्रीहरुलाई भन्नुभएको होला! 3) जित्ने आश नगरि कसैले पनि तास खेल्दैन र नशाले नाश नगर्ने भन्ने पनि हुँदैन, तारेमाम्<।img src=/sajha/chat/smileys/m-smile.gif>
समग्रमा भन्नु पर्दा उनको र तपाइँको बिभिन्नता तर पनि समानता मजाले लेख्नुभयो। तर पनि ४० बर्षे थोते आफैँलाई भनेको कि उनलाई भनेको प्रश्ट भएन! दोहोरि गाउने रहरलाई तास खेल्नु संग र रिती रिवाज मान्ने रहरलाई नशा पिउने रहर संग गरेको तुलना गजबको चलिआएको तुलना गर्ने तरिका भन्दा फरक लाग्यो। तर, रिती रिवाज मान्नु भनेको पनि केवल रहर हो भन्ने कुराको व्याख्या तपाइँको कविताले गर्यो! कविताको शिर्षक 'धर्म - कर्म' मा भने कविताले पुर्णतया न्याय गरेको पाइयो! तर पनि कविता पढ्दा उनको धर्म नै बिस्तारै कर्म बन्दै गएको र तपाइँको 'कर्म' नै बिस्तारै 'धर्म' बन्दै गइरहेको कुरा पनि खुल्न आयो! के कति साँचो कृपया प्रकाश पारिदिनुहोला! धन्यवाद्!
अन्तरे, कुन् चाहिँ प्रश्न हो ? थाहा नै भएन, कसरि उत्तर् दिने, दक्षिण दिए हुने भए दिन्थें। क्रिक्रेटको बारे मा हो भने नमज्जा भो, दुष्ट छिमेकीले जित्यो ।
म चाहिँ त्यो भन्दा अलि पहिला देखि आकाशबाणी र रेडियो पाकिस्तान की आलमी सर्भिस सुन्नेमा परें। १९८२-८३ देखि हो बुझ्न थालेको र सुन्न थालेको। स्कूलबाट छिट्टो घर् फर्किंदा टुंडिखेलमा ट्वाँँँँंँ परेर हेर्ने गरेका दिनहरु। बुझ्न थाले सि रेडियोमा झुन्डियो स्वाअाअा स्वाअाआ क्यार्र्र् क्यार् घ्वार्र् घ्वार् आवाज अनि रेडियो को दिशा परिवर्तन्, एन्टेना माथि हात के के गरिएन सफा आवाजको लागि। १९८४ देखि खेल्न पनि थालें हो, लाटा देशमा गाँडा तन्नेरी भएर सिनियर खेलाडि पो भए गाँठे केहि समय मै। अजहर् ले डेबु मै सेन्चुरी मात्र होइन ३ लगातार् सेन्चुरी इन् डेबु सेरिज रे। खेल्न त अच्छा खेल्ने हो अजहर भैया। कलात्मक खेल् नै हुन्थ्यो। अर्काले मन पराएकी लरकी माथी आँखा लगायो अनि के के काण्डमा फस्यो, मुशल्ते। आज भोलि गुमनाम् छ।
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.