[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 198015 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-04-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
(कोहि पनि छैन कि क्या हो!)

जिम्मालले पनि लास्टै हँसा'र मोरेचन्! यो बुढेशकालाँ पनि कति कुरा जानेका हौ ए बूडा?! हेन जिम्माल्नीले तिम्लाइ के खुवाउँछिन् हँ दिनदिनै, यस्ता कुरा जान्नलाई?
 
Posted on 07-04-07 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महर्जन पासालाई स्वागत छ चौतारीमा!

ओ---! महर्जन पासा, लु यता आउ! याँ शीतलाँ बसेर तमखू तानम्!
 
Posted on 07-04-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nofighting hai

 
Posted on 07-05-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namasteeeeeeeeeeee gaamle taaaaaaaaaaa

launa jhilke dai ni aaunu bhaako raicha. maile bhetnai paaina

sunima di kina jhagada garnu bhaako.
 
Posted on 07-05-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता लाए जम्मै, कोई आएन क्या हो अड्डा सड्डा? हिंजा बिदाले छोड्या छैन जस्तो छ अझै। यताका नआए पनि खोलापारीका त देखिनु पर्ने हो, के आशर्जे भो!

जदौ!!

के छ ठुली? चिया पिया हो?
 
Posted on 07-05-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!
सधैँ झैँ यसपालि पनि हाम्रो रेडियो कार्यक्रम मनपराईदिनु भएर प्रतिकृया दिनुहुने सम्पुर्ण श्रोता महानुभावहरुलाई धन्यवाद् दिन चाहन्छु। :)

पारी कान्ला चिलाउने
के साइनोले बोलाउने

बिहिबारे जदौ! यो बिर्खे माईलाको!

महर्जनलाई स्वागत छ चौतारीमा!

ठुलि र हरितालिके भान्जो दुवैलाई मुस्कान छ!

डाउडरनी नानि नि धेरैमा आउनुभएछ!
 
Posted on 07-05-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो के जाति डाउडरनी नानिले फाइटिङ्ग नअर्नु भनेर राखेओ चित्र फाइटको हैन अस्तो लाओ मलाई त! फाइट भन्या त दुईजनाले मज्जाले एक अर्कोलाई पिट्ने हैन त भन्या? यहाँ त बरा एउजना पिटाइ खाएको खायै छ अर्को बजियाले पिटेको पिटेइ छ! यो त हाउँरो नेपालि पुलिसले मुन्छे समात्या जस्तो छ! :)
 
Posted on 07-05-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामाश्री प्रणाम!
आज चौतारी रेडियोमा समाचार, समसामयिक अन्तरवार्ता आदि ईत्यादि आउछ भनेर अत्यन्त व्यग्रह तथा उत्सुकताका साथ प्रतिक्षारत छु। फेरी समयाभावका कारणले आज प्रसारण गर्न नपाएकोमा खेद व्यक्त गर्दछु भनेर टार्ने त हैन होला नि! :)
 
Posted on 07-05-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
शुभ-प्रभात ! तर जे भा'नि मलै त अझै ज्यालढोका सप्पै जो थुनेर कोठा अध्यारो बना'रनिदाइरम कि अस्तो ला'छ।

फाइट फाएट भुनेओ सुनेर को रे'छ त फाइट अर्ने भुनेर यसो हेर्न आ'किम।
जिम्माल बा कतै हाम्रो निशे बज्जिया लै पुलिस ले त समातेन भन्चु र?:(
खाआली स्टिक तान्ने र तोम्बा पिउने अनिखेरि ग्यांग बनाउने कुरो मात्रै अर्छ
:)
 
Posted on 07-05-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर।

तारेमाम्, यो ठुल्दाईको अनि जदौ बिर्खे माइलाको।
एक् दिने बिश्राम पछि सबैलाइ स्वगत छ। ठुली, जिम्माल् बा, हरि, मास्टरनी नानी, सुनिम्मा डाउडर्नी आदि इत्यादि सबै मा शुभ प्रभात। महर्जन पासा "छु ख:" अनि लसकुस ( स्वागतम)।
 
Posted on 07-05-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रोताहरु, हुन त अगि हाम्रा नियमित श्रोता हरितालिकेजीले भनिसक्नुभयो प्रशारण रोक्न पाइँदैन भनेर, तर बिधिको बिधान पनि अचम्मको हुँदो रहेछ केहि समयको लागि रोक्न हामि बाध्य भएका छौँ। तर निराश नहुनुहोस अन्तरवार्ता रेकर्ड भैसकेको छ प्रसारण गर्न मात्र बाँकि छ। अहिलेलाई प्रस्तुत छ सो अन्तरवार्ताको केहि अंशहरु! केहि समय पछि पुरा अन्तरवार्ता प्रस्तुत गर्ने नै छौँ!

संवाददाता-

“ कहिले देखि यस्तो लाग्न थालेको तपाइँलाई?”

माष्टरनी नानि-

“…. यस्तो किन अर्नु परो भन्चु र। पहिले देखुन नै जो देखेकिम के रे , बोल्न नसकेर नबोलेकिम।“

संवाददाता-

“ हाहाहा..भनेपछि मन पहिले नै बिद्रोहि भएको रहेछ तपाइँको।“
******************

संवाददाता-

“ हाहाहा ठिटा ठिटीहरुको उमेर छ, यस्तो गरिहाल्छन नि।”

माष्टरनि नानि-

“ ………………….. त्यसैले कम अरेकिम के रे। मुन्चे किन बढि बोल्नु परो भन्चु र हाम्रो पनि बैँश जो आएको थियो तर हामि यस्तो थिइनम के रे।…..
**********************

संवाददाता-

“ बोर्डिङ स्कुल ले तपाईँको माष्टरी पेशालाई कत्तिको असर गरेको पाउनु हुन्छ?

माष्टरनी नानि-

“……. जो भ नि यहि भन्छन होला…..एक दुई जना बिध्द्यार्थिलाई मात्रै जो पढाएर बस्छु बरु। ब्रेक लिने भन्नुभएको अस्तो मानिछु के रे.. …लु म भागेँ यहाँबाट, अहिले प्रितीले मार्छिन फेरि :)….”

 
Posted on 07-05-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa launa aaj yo chautari maa kasto bg ho launa ko ko aai sake cha
 
Posted on 07-05-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...टुँssssssssssssssssss....

.....के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोsssजअssssप......
(टुङ्ग)

....लौन बाबा पानी चुहियो
अब के गर्ने?
खर छैन घरको छानो के ले छाउने
एपोलो को कर्कटपाता आजै किनि ल्याउने
सधैँ टिक्ने एपोलोको कर्कट पाता छाउने
एपोलो कर्कट पाता, किफायति र भरपर्दो.....
(टुङ्ग)

....के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोsssजअssssप......
(टुङ्ग)

श्रोताहरु स्वागत छ यस ‘क्लोजअप चौतारी तारारमपम’ अन्तरवार्ता को अर्को भागमा। क्लोजअप द्वारा प्रायोजित यस अन्तरवार्तामा आज देखि हामिले ‘श्रोता क्लोजअप तारारमपम पुरस्कार’को व्यबस्था पनि गरेका छौँ। प्रत्येक अन्तरवार्ताको अन्तयमा हामि एक प्रश्न सोध्ने छौँ। त्यस प्रश्नको सहि उत्तर र क्लोजअप को ५ वटा खालि खोल हाम्रो ठेगानामा पठाउनुहुने श्रोताहरुबिच गोला प्रथा द्वारा पुरस्कार वितरण गरिने छ। पुरस्कार पाउनुहुने एक पुरुष र एक स्त्रीलाई हामिले ‘मिस्टर चौतारि क्लोजअप’ र ‘मिस चौतारी क्लोजअप’ ले सम्मानित गर्ने छौँ। मिस्टर र मिस चौतारि क्लोजअपलाई हामि एक दिन ब्लाइन्ड डेटमा बोलाउने छौँ जसमा तपाइँले मौका पाउनुहुने छ, एक अर्कालाई क्लोजअप ले दाँत माझिदिने। त सुरु गरौँ आजको कार्यक्रम।

आजको यस कार्यक्रमा हामिले निम्त्याएका छौँ हाम्रो चौतारिका चिरपरिचित अति सम्मानित माष्टरनी नानिलाई। प्रस्तुत छ हाम्रा संवाददाताले लिनुभएको अन्तरवार्ता।


संवाददाता-

“ माष्टरनी नानि स्वागत छ तपाईँलाई यो क्लोजअप तारारमपम अन्तरवार्ता कार्यक्रममा।“

माष्टरनी नानि- “ नमस्ते अरे है संवाददाता बाउ हउरलाई मैले नि। किन तारारमपम भन्या छन?”

संवाददाता-

“हाहाहाहा खै त्यो त मलाई पनि थाहा भएन। म त साधारण जागिरे हो क्लोजअप को मान्छेलाई सोध्नु पर्ला, यो शब्द पनि क्लोजअप जस्तै भारत बाट छिरेको हो। त भन्नुहोस माष्टरनि नानि, चौतारि पाठशालाको माष्टरनी हुँदा कस्तो अनुभव भैरहेको छ?”

माष्टरनी नानि-

“हेहेहेहे संवाददाता बाउ क्यार्न भन्नुभो भन्चुर, पहिले देखि नै पढाकिम के रे आफ्ने जो पाठशाला हो बहुतै रमैलो मानेकिम मुइँले त।“

संवाददाता-

“ साना बच्चाबच्चिलाई पढाउन गाह्रो हुँदैन?”

माष्टरनी नानि-

“ किन गाह्रो हुन्च भन्नुहुन्छ हउर? घरहुदि सानो नातिलाई सधैँ माभारत सुनाम्चू। हजुर्मा माभारत सुन्ने भन्च सधैँ, बानि जो परिसक्यो भुराभुरिलाई पढाम्ने।“

संवाददाता-

“ अनि भन्नुहोस चौतारीको बर्षौँको बसाईँ तपाइँको कस्तो लाग्छ आजकल चौतारि?”

माष्टरनी नानि-

“ खै संवाददाता बाउ, चौतारिको संसकार कता हरायो भन्चु र। नारिलाई अलि अपहेलना गरेको झैँ मानिचु।“

संवाददाता-

“अहो! के कुरामा चित्त बुझेन त्यस्तो हजुरलाई?”

माष्टरनी नानि- “ ……………….

(श्रोताहरु बाँकि को अन्तरवार्ता एकैछिन कमर्शियल ब्रेक पछि……)

....के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोsssजअssssप......
(टुङ्ग)

....पातली! ए पातली!
यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।
उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि
भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ
श्रेष्ठ टेलरिङ बागबजार..
(टुङ्ग)




 
Posted on 07-05-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



सकिएन बिर्खे बाउ(बाबू) हउर सअ पनि :)
अझै पनि के के जाति आम्ने होला भन्चु र
त्यो टुssssssss अर्या के हो नि फेरि ?:)

अँ..यस्तो भाषा सिकाम्ने पनि यिनै बाउ हुन के रे अइले आ'र अन्तरवार्ता नि तइ बाउले लिरनुभा'छ ।
लु श्रोतागण म भागे है फिरि अन्तरीवार्ता अर्दा नि कति बकबक गरिरा' भन्नुहोला :D :P
 
Posted on 07-05-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाइ जदौ यो बिर्खे माइलाको!!!!!!!!


हा हा हा
मरे बाबा पेटै दुख्यो हास्दा हास्दा
म त कफि ब्रेक भन्ठानेको त कमर्सियल ब्रेक पो र छ
हाम्रा जिम्माल बाको तारिफ यो सानो मुखले के गरि भो!!!!!!!!!!

 
Posted on 07-05-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-05-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक

पूजा साबुन ल्याउनुस भनेको.....पूजा साबुन पनि यस्तो हुन्छ त, पूजा साबुन त कपाडामा लगाउनासाथ सररर फिँज आउँछ।
...लौ मार्यो, पूजा साबुन भनेर ल्याएको नक्कली पो परेछ क्या हो?
अबदेखी साबुन किन्दा महाशक्ति सोपको पूजा लेखेको साबुन दिनुस भन्नुस, कहिलेई नक्कली पर्दैन....
ढ्यानटढ्यान......पूजा....ढ्यानटढ्यान
 
Posted on 07-05-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टर र मिस चौतारि क्लोजअपलाई हामि एक दिन ब्लाइन्ड डेटमा बोलाउने छौँ जसमा तपाइँले मौका पाउनुहुने छ, एक अर्कालाई क्लोजअप ले दाँत माझिदिने। khit khit khit hasda hasda pet nai dukhyo aaiiiiyaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 07-05-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्!
चौतारि रेडियो को बिज्ञापन सेवा मा अनतर्वार्ताको सिलसिला जारि भएको म सबै श्रोतागणको तर्फबाट् यो ठुल्दाइ को आभार ग्रहण गर्नुस। रेडियो चौतारिमा कुनै डाकाको नि आँखा न लागोस्, हाम्रो भाका पाखा न लागोस्।
यो चौतारि मा अन्तर्वार्ता राख्नु पर्छ भनेर पहिलो पल्ट भन्ने नि यहि राहुलभाइ हो क्या रे। अब कस्को राख्ने कस्को नराख्ने भन्ने कुरो त संचालक महोदयको बिचार र आचार् मा भर् पर्ने हो । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्छन् क्या र। श्रिंखलाको पहिलो र दोस्रो भागमा तिनै उमेर खाएका पेन्सन पाकेकाहरु कै राखेको मा कसैको आपत्ति हुने क्रो हुदैन क्या रे। अहिले लाई तारेमाम्।
 
Posted on 07-05-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक

नक्कलि: गाईले पनि तिमीलाई लखट्ने, बाख्राले पनि तिमीलाई लखट्ने, कुखुराले पनि तिमीलाई लखट्ने, तिम्रो लुगामा लागेको मैल चाँही के ले लखट्ने?
चन्खे: यि यल्ले लखट्ने!
दुबै जना: गो गो डिटर्जेन्ट साबुन, कपडामा लागेको जस्तो सुकै मैललाई लखट्ने!

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक

(पुनस्च: गो गो हो कि कुन चाइ साबुन हो था' भेन, गेस हान्देको!)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters