[VIEWED 162923
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
अन्तमा,
- मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
- गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना
थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना - त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना - अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।
|
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-18-07 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मिठो मिठो कविता हरु सुन्नु पर्यो भनेर आएको यहाँ त बुटी रिसर्च को कुरा पो भएको रैछ । ल सबैलाइ नमस्ते है,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-07 10:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सुनिमा जी, लौ सुन । बासी कबिता फ्रीज मा राखेको ले ताजै होला । बैंश माहूरीको उन्माद जस्तो क्षणिक पनि होइन । भूकम्पको कम्पन जस्तो अथाह पनि होइन । न सुस्केरा न आहत न समय न साइत । कसले भन्न सक्छ र? कसले किट्न सक्छ र? कहां कहिले किन आउंछ यो वैंशको घनघोर वर्षा जिन्दगी नै हरा भरा हुने गरी या जिन्दगीको अस्तित्व नै मेटिने गरी । खै, किन हो, यो वैंशले कसैको उमेर हर्ेर्दैन अलि चांडो वा अलि अवेर भो भन्दैन । जुंगा रेखीको विहानीमा पनि फक्रँदो रहेछ मृत्यु शैयाको जवानीमा पनि पल्किदो रहेछ । धेरै सोंचे धेरै खोंजे वैंशको सारा इतिहास फोरेँ वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहेँ यसपालीको शिशिर याममा मात्र निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो वल्ल थाहा पाएं । वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ ।
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-18-07 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल जि लाई त जे बिषय मा पनि कविता लेख्न आउदो रहेछ । आसु कबी पो हो क्या हो । कसरी लेख्न सकेको एती राम्रो कविता ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-07 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुनिमा जी, म आशु कबी नि होइन हाँसो कबी पनि होइन । राहुलेको नाक २ इन्च बढाइ दिनु भो, धन्यवाद ।
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 01-18-07 11:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिठो कविता र चिलिम र तारेमाम् जदौ सबैलाई
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-19-07 5:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यसो धकेलिदिएको काल्ला माथि
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-19-07 6:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यसो धकेलिदिएको काल्ला माथि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-19-07 7:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न नमस्ते है सबै गाम्ले साथीहरु लाइ ताआआआआआआआआआआआआआआआआअ
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-19-07 7:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली के छ ताआआआआआअ खबराआआआआ!! जदौ!!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-19-07 7:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! के छ हालखबर भट्टे, यामे, ग्वाँचे, ठूली, कुम्ले? ठूलु, तिम्रो गाममा हिउँ पर्यो? :) आज गालव कता गायव हो? स्वस्थानी भन्ने बेला भएन र? हुनत मैले यौटा लेखेको छु नयाँ अध्याय, टासुम् कि के गरूम्? ;)
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-19-07 7:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्तेएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएउउउ! चित्रे, टाँस टाँस। मैले भर्खर लेख्न आँट्या मात्रै थिएँ। तिमीले लेखिसकेछौ। आज त्यो पढौं। मेरो चैं भोलि राखम्ला।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-19-07 7:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते दुबैको राखम् न चित्रे र गालब, एक्दिन् पहिले पनि कहिले हो छुट्या जस्तो लाग्छ त्यसैको कभर हुन्छ नि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-19-07 7:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ टाँसें मैले गाले, भोलि चैं तिम्रो पालो है त! चौतारी स्वस्थानी व्रतकथा (भाग - खै भोलि गालेले मिलाउला नि!) वाचक - हिजोकै व्यक्ति कुमारजी आज्ञा गर्नुहुन्छ,’हे अगस्त्य मूनि! आज म तिमीलाइ सोह्र वर्षकी जिम्माल्नीको साठी वर्षका जिम्माल बूढासँग कसरी विवाह भयो, कस्तो अवस्थामा उनी परदेशतिर लाग्नु पर्यो भन्ने सारा वृत्तान्त सुनाउँछु, हात खुट्टाको नङ् काटी, पाँच डलरलाइ सिक्कामा साटी, एक चित्त भई, संजय दत्तलाई संझी सुन। एकदिन महादेवलाइ कैलाश पर्वतमा बसेर गाँजा तान्दा तान्दा नैराश्य लाग्न थाल्यो र मर्त्यलोकमा कुनै रमाइलो गर्ने र गाँजा चरेस पनि मज्जाले तान्न पाइने स्थान छ कि भनी ध्यान दृष्टीले हेर्दा भए। समुन्द्र भन्दा पनि मुनि रहेको हल्ला ल्याण्ड(हल्याण्ड) भन्ने मुलुकको यामस्टरड्याम(एमस्टर्ड्याम) नगरीमा सूरा सुन्दरी, गाँजा चरेस, जे चाह्यो मज्जाले पाउन सकिने कुरा थाहा पाएपछि कुनै विलम्व नगरी सीधै यामस्टर्ड्याममा ड्याम्म हामफाल्नु भयो। जताततै रमणीय नहरहरू, स्वर्गका अप्सरा भन्दा पनि सुन्दर युवतीहरू देखेर महादेव हेरेको हेर्यै हुनु भयो। घुम्दा घुम्दै महादेवलाइ गाँजाको तलतल लाग्न थाल्यो र यौटा पसलमा छिरेर किन्न लाग्नुभयो। तर आफूसँग कमण्डलुमा दुइ युरोको सिक्का मात्र भएकोले महँगो गाँजा किन्न असंभव भयो। के गरूँ कसो गरूँ भनी सोच्दा सोच्दै महादेवलाइ यौटा आइडिया आयो, र भिक्षा माग्नको लागि त्यही दुई युरोले एक घण्टा समयको लागि टिकट किनेर ईन्टर्नेट क्याफेभित्र छिर्दा भए। यता उता माग्दा पनि कसैबाट भिक्षा पाउन नसकेपछि अन्तिम १५ मिनेट बाँकि हुँदा एकजना १४ वर्षकी किशोरीलाइ हाहू च्या(yahoo chat) मा भेट्टाए। ती किशोरी नयाँ याकू(न्यू योर्क) शहरमा बस्थिन्। महादेवले लेख्नुभयो – ‘हे किशोरी, मलाइ गाँजा खानको लागि सय युरोको आवश्यकता परेको छ, भिक्षा देऊ। ’ किशोरीले भनिन् – ‘हे महादेव, मसँग अहिले पैसा छैन, मेरो नाममा क्रेडिट कार्ड, पे-पाल केही छैन। मेरा आमा बुबा डिस्कोमा जानु भा’छ। उँहाहरू फर्केपछि बैंक टान्स्फर गरिदिम्ला।‘ महादेवले फेरी भने - ‘हे किशोरी, मेरो टिकटको ट्याम सकिन लाग्यो, तेरा बुबा आमा फर्कियुन्जेल त म ईन्टर्नेट पनि चलाउन पाउँदिनँ। अनि गाँजाको तलतलले म बेहोस् हुनेछु। दिने भए अहिल्यै दे, हैन भने म तँलाइ श्राप दिन्छु।‘ यो सुनी किशोरी आत्तिंदै भन्न लागिन् – ‘हे महादेव, देवताका पनि देवता, मलाइ श्राप नदिनुहोस्, म बच्चीसँग दिनको लागि केही छैन। एकछिन धैर्य गर्नुहोस्।’ महादेवले कम्पुटरमा हेर्दा दुइ मिनेटमात्र समय बचेको थियो, यो देखी रिसाएर महादेवले श्राप दिन थाल्नुभो – ‘हे पापिष्ठ किशोरी, तैंले मलाइ भिक्षा पनि दिइनस्, भएको दुइ युरो पनि त्यतिकै नाश गराइदिइस्। अब म तँलाइ श्राप दिन्छु, तँ सोह्र वर्षकी हुँदा साठी वर्षको बूढोसँग बिहे होस्। फेरी बिहे हुने बित्तिकै तेरा बूढा बिदेशिनु परोस्!’ यत्ति भन्दा नभन्दै महादेवको समय सकियो र कनेक्सन् पनि काटियो। मेउसिकाने गल्फू (गल्फ अफ मेक्सिको) को किनारमा टेउसास भन्ने गाममा बिर्खे माइला भन्ने जिम्माल बूढा बस्दथे। गाममा सबैले उनलाइ सम्मान गर्थे, जिम्माल बा भन्ने बित्तिकै केटाकेटी उनको पछि लाग्थे, पुस्टकारी, पिपलामेठ, आइसकिरिम खानको लागि। उनी पनि एक माना पुस्टकारी, चकलेट आदी खल्टिमा बोकेर हिंड्थे र सबैलाइ बाँडी हिंड्थे। बूढो भएपनि आफ्नो रेखदेख गर्ने कोही नभएकोमा उनी चिन्तित थिए। गामका मानिसहरूले पनि उनलाइ यौटी जिम्मालनी खोजी झट्टै बिहे गर्ने सल्लाह दिएका थिए। बूढा हरेक बिहान मेउसिकाने गल्फूको किनारमा नूनिलो पानीमा स्नान गरी बालुवाको शिव लिङ्ग बनाई त्यसमा नूनिलो पानी चढाई महादेवको आराधना गर्थे। त्यसबाट महादेव प्रसन्न भई उनलाइ चाँडै बिहे हुने वरदान दिएका थिए। त्यसैक्रममा पून्टे भन्ने लमीले आफ्नो एक सालीको लागि उपयुक्त वर खोज्ने क्रममा बिर्खे जिम्मालसँग पनि सम्पर्क गरे। जिम्माल बूढालाइ कहिल्यै नदेखेका पून्टेले फोटू पठाउन अनुरोध गर्दा श्री महादेव बिर्खेको शरीरभित्र प्रवेश गरेर छल गरी जोन ट्राभोल्टाको फोटू पठाइदिए। यो फोटू देखी पून्टे अत्यन्त हर्षित भए र आफ्नी साली कोइलीको बिहे बिर्खे माइलासँग पक्का गरिदिए। कोइली उनै किशोरी थिइन् जस्लाइ दुइवर्ष अघि श्री महादेवले ईन्टर्नेट श्राप दिएका थिए। बिहे निश्चित भएपछि, बिर्खे माइला खुशीले गदगद हुँदै, मेउसिकाने गल्फूमा सँधै झैं स्नान गरी यामटार्क (Amtrak) चढी नयाँ याकू नगरतर्फ हुँइकिंदा भए। बिर्खे जिम्माल बूढा कस्ता भने हिउँ जस्तै सेतो जूंगा भएका, कपालको नाममा टूप्पीमा केवल चारवटा रौं बाँकि भएका, कालो ईस्टकोट, दौरा सुरूवाल लाएका, दाँतको नाममा केही पनि नभएका, गोलभेंडा जत्रा आँखा भएका, धनुष जस्तो धुम्रेका नलीखुट्टा भएका, बूढो रूख झैं कुप्रेको जीउ भएका, छाती सधैं घ्यार् घ्यार् गर्ने, तर सधैं ट्यार ट्यार गीत गाइरहने, ‘चिरन्जीवी’ टेलिफिल्मका हरीवंश जस्ता देखिने, यस्ता जिम्माल बूढालाई देखेपछि कोइलीका आमाबुबा झस्किए र भन्न थाले, ‘ए पून्टे ज्वाइँ, के गरेको यस्तो? यस्ता ६० वर्षका कुप्रा बूढालाइ हाम्रो षोडशी छोरी कोइली दिएर उसको जिन्दगी बर्बाद गर्न लागेको?’ यो देखी पून्टेले पनि जिम्माल बूढाले आफूलाइ ठगेको थाहा पाई, लाचार भएर केही नबोली धोविनीको भट्टीतर्फ सोमरसपान समारोहमा सरीक हुन सुइँकुच्चा ठोके। पून्टे भागेपछि बिर्खे जिम्मालले कोईलीसँगै बिहे गर्ने ढिपी गर्न थाले। कोइलीका आमाबुबा नमानेपछि श्री महादेव बिर्खेको शरीरमा प्रवेश गरी भन्न थाले,’ हे पापीष्ठ मनुष्य हो! म महादेव हुँ, यदी मलाइ कोइली नदिने हो भने म श्राप दिन्छु।‘ यो सुनी कोइलीका आमाबुबा डराएर कोइली बिर्खे जिम्माललाई सुम्पिदिए। जिम्माल बूढा पनि बडो दंग पर्दै कोइलीलाइ लिएर टेउसास गाम फर्के। गाममा सबैजना सोह्र वर्षकी जिम्मालनी देखेर दंग परे। केही दिन पछि बिर्खे जिम्माललाइ यौटा चिठ्ठी आयो जसमा उनी तरूनो हुँदा काम गरेको कुवेतको तेल खानीमा फेरी काम गर्न आउन अनुरोध गरिएको थियो। जिम्माल्नी आफ्नो बूढालाइ जान दिने पक्षमा थिइनन्, तर बूढाले भन्न थाले, ‘हेर प्रिय! कुवेतको गल्फूमा यहाँ भन्दा धेरै अनमोल रत्नहरू पाइन्छ। म त्यहाँबाट चाँडै नै धेरै धन कमाएर फर्किनेछु र त्यसपछि हामी सुखसँग रहौंला।‘ यति भनी जिम्माल बूढा कोइलीलाइ गालामा म्वाइँ खाई कुवेतको गल्फूतर्फ रवाना भए। एटी(80) सिरे सखरखण्ड पुरानो केदार खड्का महात्मा गान्धी कुमाले अगस्टस् संवाददाता (ईति श्री स्कन्द पुराने केदार खण्डे माघमहात्म्य कुमारागस्ते संवादे) नोट:- यसकथाका सबै घटना काल्पनिक हुन्, कसैलाइ चोट पर्न गएमा क्षमा चाहन्छु।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-19-07 7:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते!! ल आज दुइ अध्याय सुन्ने नि । बरु छिटो सुनाम न :)
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-19-07 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ !! चौतारीमा झमघट सुरु भइ सकेछ । नमस्ते है सबैलाइ । ल ल स्वथानी सुन्न फुल लिएर बस्या छम है हामी पनि । चित्रे को स्वथानी अध्याय सुरु भै सकेछ । पढ्न परो अब ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-19-07 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-19-07 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा चित्रे............. अन्तिममा यो पनि रहेछ । नोट:- यसकथाका सबै घटना काल्पनिक हुन्, कसैलाइ चोट पर्न गएमा क्षमा चाहन्छु।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-19-07 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा दामी गयो यार!!!! मैले पनि केही दिन अघिदेखि कसरी बुढा जिम्माललाई १६ वर्षकी केटीसँग बिहे भएको भनेर मिलाउने भनी सोच्दा सोच्दा चित्तबुझ्दो प्लट नआएर त्यसै बसिराथें। चित्रेले दामी कथा ल्याइदियो। बाइ द वे, ती कन्याको बाबुको नाम चैं बिर्खे शर्मा र बिहे गर्ने जिम्मालको नाम चैं बिर्खे भट्ट राख्ने योजना थियो मेरो चैं :-)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-19-07 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन तिमेरुको काम छैन कि क्या हो भन्छु र! अगेनाको छेऊमा आगो तापेर, सोस्तानी भुनेर, सुनेर बस्दा रेछन् मेरा झैँ लाखु टोपी ओढेर। जदौ! यो बिर्खे_जिम्मालको!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-19-07 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा दामी गयो यार!!!! :P चित्रे षोडशी, रत्नहरू, सोमरसपान भनेको के हो ?
|
|