[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 112198 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-15-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-15-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्यु सान्नानि! गुड् जब् :D
(तर किन मेरो computer म त्यो कबिता लामो पुछर् जस्तो भएर आ'छ नि :s )
 
Posted on 11-15-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु तिम्रो मनिटरको resolution कम् होला, कति इन्च् को monitor हो तिम्रो। I think it's about time to get a new one. :P:P :D:D
 
Posted on 11-15-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हे म पनि आए गम्लेहरु अनि कजिबा खोइ त
 
Posted on 11-15-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha पुछ्छर रे? के भयो तिरु? मेरो माम त ठिकै छ
:D
 
Posted on 11-15-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र शुभा दि लौ मेरो मा मात्रै जस्तो छ त्यसो भए :S

पुन्टेदा हजुर् को अन्ताक्षरि यहा ल्याम् न बोकेर ३० लम्बर् बाट :D
 
Posted on 11-15-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नै बिर्सिरा' पिरती बु॒ईनीलाई! तो माथिको लिस्टा झिपिक झिपिक अरेको नि मन प-या थिएन मुलाई त, रिंगाटै लाग्नि! यसमा नि तेस्तै भएछ। जसो तसो खप्पराँ अलुमिनमको फिरेम हालेर भए नि रिंगाटा थमाउँला के रे, अर्को पालिको ईन्जिनेरलाई चईं सम्झाउन पर्ला!

मेरोमा नि लाऽऽऽऽऽऽऽमओ पुच्छरै जस्तो आयो त नि, गाँठे! दीपेले लंगुरको पुच्छर खाएर फु-या कविता त होईन कतै? :p

"च" बाट रे, तितौरी बुईनी?

च बाट चश्मे, ट बाट टक्लु
एउटा थिए चश्मे, सोही थिए टक्लु!

"ल" बाट अब! :D

ऊता अर्को धागाँ सामन्तवादको बारेमा निबन्ध लेख्दा लेख्दै ग्वाँचैको कथा पढ्ने धोको तेत्तिकेई भइ रा'थो। अब गएँ पढ्न!
 
Posted on 11-15-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुईनीको जो आज्ञा! सारि सके!
 
Posted on 11-15-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बाट लालु प पर्साद्
दुइटा मिलि बनेछ लालुपर्साद् :p jpt
द बाट .....
 
Posted on 11-15-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नाँ नी कईता त ठाडै तेहरीएर लमतन्न पर्या छ फोटा देउरे तिर। गरीउलाई केइ गरेनी नहुनी --- अब आफ्नै कईता तेर्साउन नयाँ मोइन्टर् ल्याम्नु पर्नी भो त?

सन्नानीले तर चौतारी बनार ठुलो गुन ला छ --उन्को मनोकान्छे पुगोस रच्छे गर् जै भोबान।
 
Posted on 11-15-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....कईता तेर्साउन नयाँ मोइन्टर् ल्याम्नु पर्नी भो त? ...
सान्नानि पनि के भन्छे भन्छे ल्याउन्न बरु लाम्पुछ्रे कबिता नै ठिक् छ ।
 
Posted on 11-15-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"द" बाट दिप, "ब" बाट बाङ्गे
बाङ्गेको संगतले दिपेको कवितै बाङ्ग्यो! :p

"य" बाट!
 
Posted on 11-15-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops mlai aayen य बाट
 
Posted on 11-15-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Preety good effort!
Preety ko chautari ma ta basne chapani nai raincha, tehi chaur ma basne ho?
In mine too its like langur ko pucchar tyo deepe ko kabita.
 
Posted on 11-15-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

: D :D :D लंगुर र कविता
 
Posted on 11-15-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य बाट:

यत्र तत्र सर्बत्र
थिए उम्र्या हरे
फुल्नै नपाइ तर
झरे सबै कपाल् हरे

सौजन्य:पुन्टेब्रो
 
Posted on 11-15-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा। एकदम राम्रो छ!!

"र" बाट रे??

र बाट रिकुटे स सान्नानी
"Not ready yet" भन्ने को हो नी??

ल "न" बाट!
 
Posted on 11-15-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क-कस्कोमा ठिक आछ भन्द्याओ न हो साथिहरु, ठिक् नआउनिहरुले screen resolution बढाउनु परो क्या।
 
Posted on 11-15-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न बाट निशान्त क कुम्ले
निशान्त को साथी हुनि को धुन्ले?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters