[Show all top banners]

kp dhungana
Replies to this thread:

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Phonecards for Nepal Refresh page to view new replies
 शिखर वार्ता टर्नुको कारणहरु
[VIEWED 14031 TIMES]
SAVE! for ease of future access.
Posted on 09-27-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त असोज ९ गते बसेको सात राजनीतिक दलको बैठकमा हतियार व्यवस्थापनका विषय बाहेक अन्यमा आम सहमति हुन नसकेपछि १२ गते शिखर वार्ता हुन्छ भन्ने तथ्य आशंकारहित थिएन नै । र आखिर भयो पनि त्यस्तै । माओवादीसंग वार्तामा बस्नका लागि के निहु पाउं कनिका चपाउ भइरहेको बेलामा सरकारले बहाना पनि राम्रै पायो श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना ।
संयोगले हेलिकप्टर दुर्घटनामा परेका कांग्रेस नेता गोपाल राइको १२ गते नै अन्तिम दाहसंस्कार गर्ने दिन परेछ । अनी त के भयो र सरकारले हतार हतार शिखरवार्ता स्थगित गरिहाल्यो ।
यसको अन्य कुनै कारण नै छैन । कारण हो सात दलविचको मतभिन्नता । मत भिन्नता पनि एउटामा मात्र हैन । राजालाइ हेर्ने दृष्टिकोणको विषयमा होस् या माओवादी हतियार व्यवस्थापनको विषयमा होस् अथवा अन्तरिम संविधान, सरकार र अन्तरिम विधायिकाको विषयमा होस् सात दलविच सहमति कायम हुन सकेको छैन । यसैको कारण हो शिखर वार्ताको ढिलाइ । यसमा अन्य केही कारण नै छैन ।
यसको पुष्टि आज बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको अनौपचारिक बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा ब्यक्त धारणा पनि हो । कोइरालाले बैठकमा सात राजनीतिक दल विच शिखर वार्ताको ऐजेण्डाको विषयमा सहमति हुन नसकेको र सो सहमति नभएसम्म शिखर वार्ता हुननसक्ने स्पष्ट रुपमा बताएका छन् । यसले अहिले हल्ला चलाइए झै १३ गते पनि शिखर वार्ता हुने कुनै लक्षण नै छैन ।
सरकार शिखर वार्ता सकेसम्म किन टार्न चाहन्छ भन्ने विषयमा दुइ तीन कारणहरु देखिन्छन् । पहिलो शिखर वार्ता भएपनि छ विवादका कुनै विषयमा सहमति कायम त गर्नै परिहाल्यो । तर त्यसको सम्भावना नै छैन । यसले सरकार र माओवादीविचको सम्बन्ध विग्रिएको अनुमानको पुष्टि नै हुन्छ । जस्ले माओवादी बलिया र सरकार कमजोर बन्न पुग्छ ।
अर्को कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग गोप्य रुपमा विविध आश्वासन दिएका हुनसक्छन् । ति आश्वासन पुरा नभएको अवस्थामा प्रचण्ड कोइरालाका अगाडि कमजोर बन्न पुग्छन् जो उनी पक्कै चाहदैनन् । अर्को कारण विदेशी दवाव पनि हो । किनकी आठ बुंदे सहमति पछि सरकारको ब्यबहारको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै त्रि्र आलोचना भएको थियो । कोइराला अहिले सकेसम्म विदेशी राष्ट्रहरुलाइ विच्काउन चाहदैनन् नै । मलाइ लाग्छ अहिले शिखर वार्ता नहुनुको प्रमुख कारणहरु यही नै हो ।
 
Posted on 09-27-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters