नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णयविरुद्ध अभिब्यक्ति दिएका नेता सीपी गजुरेलको डडेल्धुरामा पुत्ला दहन गर्दै स्थानीय ब्यापारी र युवाहरुले बजारमा एक घण्टा नाराबाजी गरेका थिए। नाराजुलुससहित बजार परिक्रममापश्चात् भिमदत्त चोकमा पुगेर गजुरेलको पुत्ला जलाएका हुन्।
क्रिकेट खेलाडीले देशको शान बढाएको भन्दै त्यसको बिरोध गर्नेविरुद्ध कारबाहीको माग गर्दै स्थानीय ब्यापारी र युवाहरुले तत्काल माफी नमागे गजुरेलविरुद्ध कडा आन्दोलन गर्ने जनाएका छन्। 'क्रिकेट खेलाडीविरुद्ध बोल्ने जो कोहीकाविरुद्ध हामी जान्छौं।' स्थानीय युवा गणेशप्रसाद भट्टले भने, 'गजुरेलले तत्काल आफ्नो अभिब्यक्ति फिर्ता लिनुपर्छ।'
स्थानीय ब्यापारी र युवाहरुले तीन दिनसम्म विरोध सभा गर्नेसमेत जनाएका छन्।